मिति २०७३/१०/३ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले तयार पारेको भित्ते पत्रिका प्रकाशन गरेको छ ।
Monday, January 16, 2017
Monday, January 9, 2017
भित्ते पत्रिका प्रकाशनको तयारी
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले युवा प्रश्नोत्तर बाकस खोलि भित्ते पत्रिका प्रकाशनको लागि तयारी गर्दै ।
Sunday, January 8, 2017
दोस्रो पुस्तकालय स्थापना दिवस
मिति २०७३/९/२४ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले लाईब्रेरी २ बर्ष पुरा भई ३ बर्षमा प्रबेश गरेको अवसरमा पुस्तकालय भवनमा दोस्रो पुस्तकालय स्थापना दिवसको अवसरमा जलपान तथा समिक्षा गोष्ठि कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी. ज्यूको अध्यक्षता तथा जहदा गा.बि.स सचिव श्री गणेश कु. पौडेलको ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सोहि कार्यक्रममा पुस्तकालयका बिभिन्न समिति तथा उप समितिलाई आमन्त्रित गरिएको थियो ।
उक्त कार्यक्रममा बर्ष भरि गरिएको काम को समिक्षा गरिएको थियो ।
Sunday, January 1, 2017
बित्तिय साक्षरता तथा सहकारिता तालिम
![]() |
| तालिमको ब्यानर |
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले मिति २०७३/९/१४ गते देखी २०७३/९/१६ गते सम्म ३ दिने बित्तिय साक्षरता तथा सहकारिता तालिम पुस्तकालय उपाध्यक्ष श्री जित बहादुर कोहार ज्यूको अध्यक्षता तथा पुस्तकालय सचिव गोपाल सिह आले ज्यूको संयोजकतामा सम्पन्न भएको छ । जसमा १७ पुरुष र २२ महिला गरि जम्मा ३९ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रमका प्रशिक्षक श्री पुष्पराज आचार्य ज्यू हुनुहुन्थ्यो ।
१-बित्तिय साक्षरता के,किन र तत्वहरु
२- बचत के हो ?
३- सहकारिता के हो ?
४- बचत किन गर्ने र कसरी गर्ने ?
५- बचतका फाईदाहरु
६- ऋण के हो र साक्षी र जमानिको अर्थ
७- सहकारिताको सिद्दान्त,उदेश्य र प्रकार
८- सहकारिको संरचना
९- सहकारि र मानव सम्बन्ध
१०- सहकारिमा पदाधिकारिहरुको भुमिका र जिम्मेवारी ।
Subscribe to:
Comments (Atom)
