Wednesday, April 25, 2018

लोक संस्कृति र प्रा. जयराज पन्तका वैचारिक विरासत

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई समर्पित गर्दै डा. ध्रुब प्रसाद भट्टराई ज्युले पुसतकालय लाई २ प्रति लोक संस्कृति र प्रा. जयराज पन्तका वैचारिक विरासत नामक पुस्तक प्रदान गर्नु भएको छ, उहालाई पुस्तकाय को तर्फ बाट मुरि मुरि धन्यबाद ब्यक्त गर्दछौ ।


Monday, April 23, 2018

ब्यवस्थापन समितिको बैठक

मिति २०७४/१२/१३ गते जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र व्यवस्थापन समितिको बैठक पुस्तकालय अध्यक्ष श्री सुरज के सि ज्यु को अध्यक्षतामा सम्पन्न भएको  ।





Saturday, April 21, 2018

पुस्तक प्रदान

बर्दघाट नगरपालिका वडा नं. १३ निवासी श्री  धन बहादुर थापा क्षेत्री द्वारा १६ थान पुस्तक जहदा सामुदायिक पुस्तकालयलाई मिती २०७४-१२-१२ गतेका दिन सौजन्य स्वरुप प्राप्त गरेको हुनाले उहाको यस कार्य प्रती जहदा सामुदायिक पुस्तकालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ ।






Friday, April 20, 2018

Donate Some Books

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई लेखक यज्ञराज ज्ञवाली ज्युले आफुले लेखेका ३ वटा किताब पुस्तकालय लाई प्रदान गर्नु भएको मा धेरै धेरै धन्यबाद ब्यक्त गर्दछौ ।


पढाईमा ध्यान केन्द्रित

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा बिधार्थीहरु आई गृह कार्य गर्दैका तस्बिरहरु ।











बाल कथा

जहदा सामुदयिक पुस्तकालय जहदाका बालबालीका ,वृद ,युवा सवैका लागी बर्दान योग्य भएको छ । जहदा सामुदायिक पुस्तकालयमा विभिन्न कक्षहरु छन्, जसमा एउटा बाल कक्ष पनि रहेको छ, जसमा बालबालिकाहरुको लागिहरुको लागि पढ्ने देखि लिएर खेलौनाका चिजहरु पनि रहेका छन् । जहदाका बालबालिकाहरु फुर्सदको समय अर्थात शनिबारको दिन खेलेर मात्र  दिन बिताउने गर्थै तर पुस्तकालयको स्थापना पछि बाल बालिकाहरु शनिबार वा अन्य कुनै बिदाको दिन पुस्तकालयमा अएर खेल्ने, पढ्ने गर्दछन् र महिना मा २ पटक हुने चित्रकला प्रतियोगितामा पनि सहभागि हुने गर्छन । जसले गर्दा बालबालिकामा मनोरन्जनका साथै पढ्ने बानिको बिकास पनि भएको छ । यस समुदायका मानिसको आर्थिक स्थिति कमजोर भएको कारण यहाका बालबालिकाहरुले बिभिन्न खेलाउने कुराहरु प्राप्त गर्न वा खेलाउन पाउदैन थे, देकान या बजारमा खेलाउने कुरा हेरेर चित बुझाउने गर्थै तर पुस्तकालय स्थापना पछि यस समुदायका बालबालिकाहरुले अहिले प्रत्यक्ष रुपमा बिभिन्न खेलौनाहरु हेर्न र खेलाउन पाएका छन्, बाल कक्षमा भएका सामाग्रीहरु उपयोग गर्न पाएका छन । बाल बालिकाहरुमा पहिला भन्दा धेरै परिवर्तन आएको छ तिनिहरु बाल कक्षमा खेल्ने, रमाउने गर्छन । पुस्तकालयमा हुने बिभिन्न क्रियाकलाप अर्थात बालबालिकाका लागि हुने क्रियाकलाप पछि बालबालिकामा धेरै परिवर्तन आएको छ, बिधालयमा दिएको गृहकार्य घरमा आएर गर्न र पढ्न नमान्ने बालबालिकाहरु पुस्तकालयमा हुने बिभिन्न क्रियाकलापमा सहभागि हुनका लागि आजकल पहिला गृहकार्य गरेर सिध्याउने गरेको कुरा बालबालिकाका अभिभाबकले बताएका छन्, गृहकार्य नगरि बिधालय जाने बिधार्थिहरु अहिले गृहकार्य गरेर बिधालय गने गरेका छन्, पढ्नमा पनि ध्यान दिने गरेको कुरा अभिभाबकहरुले बतायका छन्, यति मात्र नभई यि बालबालिकाहरु खाली समयमा कम्प्युटरमा पनि रमाउने गर्छन, लाईब्रेरिमा आएर कम्प्युटरमा बिभिन्न गेम तथा चित्र कोरेर रमाउने गर्दछन्, पहिला दिन भरि खालि खेलेर बिताउने बालबालिकाहरु अहिले पुस्तकालय आएर बिभिन्न खेलको माध्यम बाट सिकाईहरु सिक्ने गर्दछन, 

      शनिबार या कुनै बिदाको दिन बालबालिकाहरु बाटो हिडेको देखेर "का हिडेको" भनेर सोध्दा  लाईब्रेरिमा पढ्न हिडेको भनेर जवाफ दिने गर्छन, यस पुस्तकालयको स्थापना पछि यहाका बालबालिकामा धेरै नै परिवर्तन आएको छ। यि सम्पुर्ण कार्यका लागी रिड नेपाल र जहदा सामुदायिक पुस्तकालयलाई धेरै धेरै धन्यवाद !!!!!

गर्भवती जाच

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र मा Health Post ले आज मिति २०७५/१/७ गते का दिन गर्भवती जाच र बालबालिकालाई भिटामिन ए र जुका को औसधि खुवाउदै ।