जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा SEE को रिजल्ट हेर्न बिधार्थीहरु....
Tuesday, June 26, 2018
Thursday, June 21, 2018
गर्भवती परिक्षण
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा Health Post द्वारा संचालित गर्भवती परिक्षण कार्यक्रमका झलकहरु...
Saturday, June 16, 2018
नि:शुल्क आँखा शिविर

मिति २०७५/३/१ गतेका दिन निशुल्क आँखा शिविर कार्यक्रम नेपाल रेड्क्रस सोसाइटी बुद्ध मङ्गल उप-साखा तथा जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष श्री सुरज के.सी ज्युको अध्यक्षता, बर्दघाट न.पा.की उप-मेयर श्री माया पौडेल ज्यूको प्रमुख आतिथ्यता, प्रदेश नं. २ का प्रतिनिधि सभा सदस्य श्री देबेन्द्र राज कंडेल ज्युको बिशिष्ट आतिथ्यता, बर्दघाट न.पा. १२ न. वडा कार्यलयका अध्यक्ष श्री मान बहादुर मल्ल ज्यूको आतिथ्यता, डाक्टर बिनोद निता कंडेल आँखा अस्पतालको डाक्टर ज्यूको आतिथ्यतामा सन्चालन भएको थियो । जसमा बर्दघाट न.पा. १२ न. वडा कार्यलयको आर्थिक सहयोग, डाक्टर बिनोद निता कंडेल आँखा अस्पतालको प्राबिधिक सहयोग,जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको सह-आयोजना र नेपाल रेड्क्रस सोसाइटी बुद्ध मङ्गल उप साखाको आयोजनामा सम्पन्न भएको छ, जसमा ३६४ जनाले आँखा जाँच गराउनु भएको छ । र जसमा २० जना मोतिबिन्दुका रोगिहरु भेटिएका थिए ।
Thursday, June 14, 2018
बच्चा र गर्भवति महिलाहरुलाई खोप
मिति २०७५-२-१६ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा जहदा स्वास्थ्य चौकिको स्वयम सेवकहरुले बच्चा र गर्भवति महिलाहरुलाई खोप लगाउदै र तौल गर्दै गरेको केहि तस्विरहरु
पुस्तकालय अवलोकन
मिति २०७५-२-२५ गतेका दिन रोसन ज्योती इ स्कुल गोबरहियाका शिक्षक र बिधार्थीहरु महिला कक्षमा रहेको मानव शरिरको बनावट र गर्भमा ९ महिना सम्मको रहेको बच्चाको चित्र हेर्दै र पुस्तकालय अवलोकन गर्दै ।
Subscribe to:
Comments (Atom)



































