Monday, January 21, 2019

कार्यक्रम बारे जानकारी

मिति २०७५/१०/०७ गते जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा पुस्तकालय ब्यवस्थापन समिति र युवा उप समितिका बिच  रिड नेपालका समन्वयकर्ता श्री साजन श्रेष्ठ द्धारा मानव बेचबिखन, ओसारपोसार तथा आधुनिक दासत्व बिरुद्ध सचेतनात्मक कार्यक्रमको बारेमा जानकारी प्रदान गर्दै ।






Thursday, January 17, 2019

पुस्तक प्रदान

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र लाई बर्दघाट-१३ निवासी, त्रिचन्द्र कलेजका प्राध्यापक श्री डा.धुब्र प्रसाद भट्टराई ज्युले आफै द्वारा लिखित ३ प्रती किताब पुस्तकालयलाई माया गर्दै प्रदान गर्नु भएको छ, उहाको यस्तै साथ,सहयोग र मायाको अपेक्षा गर्दै मुरिका मुरी धन्यवाद ज्ञापन गर्दछौं ।
"पुस्तकालय परिवार"



चौथो पुस्तकालय स्थापना दिवस

मिति २०७५/०९/२४ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले चौथो पुस्तकालय स्थापना दिवस पुस्तकालय अध्यक्ष श्री सुरज के. सि. ज्युको अध्यक्षता तथा बर्दघाट नगरपालिका वडा न. १२ का अध्यक्ष श्री मान बहादुर मल्ल ज्युको प्रमुख आतिथ्यता तथा बर्दघाट नगरपालिका वडा न. १३ का अध्यक्ष श्री नर बहादुरको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो । 







बनभोज कार्यक्रम २०७५

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको युवा नेतृत्व उप समिति द्धारा आयोजित बनभोज कार्यक्रमका रमाईलो पलहरु:-
स्थान: त्रिबेनि- केउलानी
मिति:- २०७५/०९/२८