Wednesday, July 31, 2019

TAG परियोजना संचालक उप समिति गठन


जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको बैठक पुस्तकालयका अध्यक्ष श्री सुरज के.सि ज्युको अध्यक्षतामा  रिड नेपाल को सहयोगमा जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र द्वारा संचालित TAG परियोजनाको लागि TAG परियोजना संचालन उप समिती गठन तथा मेन्टर चयन गरियो। बैठकमा ३ वटा बिधालयका प्रधानाध्यापक, महिला शिक्षक,बिधालय ब्यवस्थापन समिति अध्यक्ष तथा अभिभावक संघका अध्यक्षलाई आमन्त्रित गरिएको थियो, साथै २ वटा वाड वडा अध्यक्ष ज्यूहरु, वडा सदस्यहरु लाई पनि आमन्त्रित गरिएको थियो ।

TAG परियोजना सन्चालन उप-समितिः-
संयोजकः-श्री गोपाल सिंह आले (पु.ब्य.स.सचिव)
सदस्यः- श्री गिता बि.क. (जन प्रतिनिधि ब.न.पा. १२ नं. वडा सदस्य)
सदस्यः- श्री मोहिम खाँ ( बर्दघाट नगर शिक्षा समिती सदस्य)
सदस्यः- श्री उमा कुमारी चौधरी ( जानकी महिला कल्याण आमा समुह सचिव)
सदस्यः- श्री कृष्ण प्रसाद गौतम ( शिक्षक, युनिभर्सल क्याम्ब्रिज ई. स्कुल)
सदस्यः- श्री मुरली कृष्ण खनाल ( समाजसेवि तथा पुस्तकालय ब्य. समिति सदस्य)



TAG Project Mentor :
श्री योगमाया क्षेत्री ( शिक्षिका, नित्या नन्द रत्न कुमारी माध्यामिक विधालय बर्दघाट-१२, जहदा)
श्री रन्जु अधिकारी ( शिक्षिका, ज्ञान कुन्ज शिक्षा सदन, बर्दघाट-१३, धनेवा)




Tuesday, July 30, 2019

गर्भवती परिक्षण

 मिति 2076/ 4/10 गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा गर्भवती परिक्षण गरिदै........





Monday, July 29, 2019

TAG परियोजना


मिति २०७६/०४/०९ गते जहदा सामुदायिक पुस्तकालयमा TAG परियोजना अन्तरगत व्यवस्थापन समिति , सल्लाहकार समिति,वडा अध्यक्ष, विभिन्न विद्यालयका प्रधानाचार्य , विद्यार्थी तथा रिड नेपाल वाट आउनु भएका कार्यक्रम अधिकृत साजन थापा र चिनकाजि श्रेष्ठ ज्यु द्धारा पुस्तकालय हलमा अभिमुखिकरण कार्यक्रम संम्पन्न गरियो । साथै सम्झौता पत्रमा हस्ताक्षर गरि आदान प्रदान पनि गरियो ।






Saturday, July 20, 2019

सूचना_कर्नर

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा मानव बेचबिखन ओसारपसार तथा आधुनिक दासत्व विरुद्ध सचेतनात्मक #सूचना_कर्नर स्थापित ।







Tuesday, July 16, 2019

घरेलु हिंसा तथा छुवाछुत बिरुद्ध जनचेतनामुलक तालिम


मिति २०७६/०३/२६ गते देखी २०७६/०३/२८ गते सम्म जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले बर्दघाट नगरपालिकाको सहयोगमा ३ दिने घरेलु हिंसा तथा छुवाछूत विरुद्ध जनचेतना मूलक तालिम कार्यक्रमक पुस्तकालय अध्यक्ष श्री सुरज के.सि.ज्युको अध्यक्षता, बर्दघाट नगरपालिकाका उप प्रमुख श्री माया पौडेल ज्युको प्रमुख आतिथ्यता र वडा नम्बर १२ का वडा अध्यक्ष श्री मान बहादुर मल्ल ज्युको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सन्चालन भएको थियो । कार्यक्रम पुस्तकालय सचीव गोपाल सिह आले ज्युले कार्यक्रम सन्चालन गर्नु भएको थियोे भने स्वागत मन्तब्य पुस्तकालय उपाध्याक्ष श्री जित बहादुर कोहार ले राख्नु भएको छ । 
तालिम कार्यक्रम अधिवक्ता श्री मित्रलाल लामिछाने ज्यूले सहजिकरण गर्नुभएको थियो । सोहि कार्यक्रममा वडा नं १२ र १३ का गरेर जम्मा ४० जनाको सहभागिता रहेको थियो ।
















Thursday, July 4, 2019

बालबालिका र गर्भवती महिलाहरुलाई खोप

मिति २०७६/०३/१६ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा बालबालिका र गर्भवती महिलाहरुलाइ खोप लगाउदै र स्वच्छ  परिवार सुखको आधार नामक कार्यक्रम सन्चालनका साथै बालबालिका को तौल लिदै ।











शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन (IMAM) कार्यक्रम

मिति २०७६- ०३-०९ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन  (IMAM) कार्यक्रम दवारा सन्चालित र जहदा सामुदायिक पुस्तकालयको सहयोगमा बच्चाको तौल , उचाई , पाखुराको नाप लिदै ।