Monday, February 12, 2024

ट्याग परियोजनाको पहिलो चरण कार्यक्रमको उपाधि समारोह

मिति २०८०।०९।०३ गते (19-Dec- 2023) का दिन रिड नेपाल र रिड ग्लोवलको सहयोगमा जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र द्वारा संचालित ट्याग परियोजना अन्तर्गत पहिलो चरण कार्यक्रमको उपाधि समारोह सम्पन्न भएको छ ।

पुस्तकालयका अध्यक्ष श्री सुरज के.सि. ज्युको अध्यक्षता तथा बर्दघाट नगरपालिका वडा न. १२ का अध्यक्ष श्री उमा शंकर चौधरी ज्यूले प्रमुख आतिथ्यता गर्नु भएको यस कार्यक्रममा अतिथि ज्यूहरू क्रमस : बर्दघाट नगरपालिका वडा न. १२ का वडा सदस्य दिप कुमारी चौधरी ज्यु, वडा सचिव ज्यु, बर्दघाट नगरपालिका वडा न. १३का सदस्य ज्युहरु, नित्यानन्द रत्न मा.बि.का बिधालय ब्यवस्थापन समितिका अध्यक्ष श्री महेन्द्र काफ्ले ज्यु, सोही बिधालयका प्रधानाध्यापक श्री बिश्वराज भट्टराई ज्यू, युनिभर्सल स्कुलका बिधालय ब्यवस्थापन समितिका अध्यक्ष श्री कृष्ण प्रसाद गौतम ज्यु,निवर्तमान वडा सदस्य श्री गजेन्द्र बहादुर गिरिज्यु, अस्थायी प्रहरी पोस्ट भटौलियाका इन्चार्ज ज्युहरु, दाता संस्था रिड नेपाल बाट ट्याग परियोजना संयोजक श्री भाग्यश्री बिष्ट ज्यू , सहायक परियोजना संयोजक श्री अस्मिता बादि ज्यू , ट्याग किशोरीज्यूहरू , पुस्तकालय कार्य समिति सदस्यज्यूहरू र ट्याग उपसमिति सम्योजक लगायत सदस्यज्यूहरू र मेन्टर शिक्षकज्यूहरू र अभिभावक ज्यूहरूको उपस्धितीमा सम्पन्न भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य पुस्तकालय कार्यसमितिका उपाध्यक्ष श्री जित बहादुर कोहर ज्युले राख्नु भएको थियो भने अहिले सम्म कार्यक्रमको सिकाई उपलब्धि आदि माथि ट्याग संयोजक श्री लक्ष्मी धिताङ्ग ज्युले प्रकाश पार्नु भएको थियो । साथै पुस्तकालय सचीव तथा परियोजना संयोजक गोपाल सिह आले ज्यूहरूले कार्यक्रम संचालन गर्नु भएको थियो ।
"ट्याग परियोजना अन्तर्गत पहिलो चरण कार्यक्रमको उपाधि प्राप्त गर्नुहुँने सम्पूर्ण सहभागि ज्यूहरू लाई हार्दिक बधाई "