Wednesday, March 9, 2016

जिविकोपार्जन सम्बन्धि तालिम कार्यक्रम


तालिमको ब्यानर
                जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले मिति २०७२/११/२० गते देखी २०७२/११/२४ गते ( ५ दिन) सम्म रिड नेपालको सहयोगमा पुस्तकालयकै भवनमा जिविकोपार्जन सम्बन्धि तालिम सन्चालन गरेको छ । उक्त तालिममा ब्यवसाय सन्चालक तथा युवा हरुलाई आमन्त्रित गरिएको थियो भने  सोहि कार्यक्रममा  २० महिला र ११ पुरुष गरि जम्मा ३१ जनाको सहभागिता रहेको थियो ।

पुस्तकालय अध्यक्ष श्री सुरज के.सी
 जिविकोपार्जन सम्बन्धि तालिम कार्यक्रमलाई लार्क, डि.पि.सि. संयोजक श्री पुस्पराज आचार्य ज्युले सहजिकरण गर्नु भएको थियो । 
उक्त जिबिकोपार्जन सम्बन्धी तालिम कार्यक्रममा जिविकोपार्जन के हो , दिगो जिवि‍कोपार्जन के हो,  दिगो जिवि‍कोपार्जनका उदेश्यहरु, जिवि‍कोपार्जनका सम्पत्तीहरु,      ब्यवसाय के हो ?  ब्यवसायका किसिम , ब्यबसाय छनौट प्रकिया, सफल उधमिमा हुनु पर्ने गुणहरु , ब्यवसायिक क्षमता बिकास गर्ने उपायहरु, जस्ता बिषयमा छलफल गरिपको थियो भने सहभागिहरुले ब्यवसायिक योजना समेत बनाएर प्रस्तुत गरेका  थिए ।  

प्रशिक्षक श्री पुस्पराज आचार्य ज्युले प्रशिक्षण गर्दै ।

प्रशिक्षक श्री पुस्पराज आचार्य ज्युले प्रशिक्षण गर्दै ।

सहभागिहरु खेल खेल्दै ।

सहभागिहरु खेल खेल्दै ।


सहभागिहरु क्रियाकलाप गर्दै ।

सहभागिहरु क्रियाकलाप गर्दै ।

प्रशिक्षक श्री पुस्पराज आचार्य ज्युले प्रशिक्षण गराउदै ।

Thursday, March 3, 2016

जिविकोपार्जन सम्बन्धि तालिम

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा जिविकोपार्जन सम्बन्धि तालिम आज मिति २०७२/११/२० गते सञ्चालन गरिएको  छ ।

Wednesday, February 24, 2016

सुसाशन सम्बन्धि आधारभुत तालिम कार्यक्रम

तालिमको ब्यानर


जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले मिति २०७२/११/६ गते देखी २०७२/११/१० गते ( ५ दिन) सम्म रिड नेपालको सहयोगमा पुस्तकालयकै भवनमा सुसाशन सम्बन्धि आधारभुत तालिम सन्चालन गरेको छ । उक्त तालिममा बिभिन्न संघ-सस्था, बिधालय, समाजसेवी तथा बुद्दिजिवि ब्यक्तित्वहरुलाई आमन्त्रित गरिएको थियो । सोहि तालिम कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी.को अध्यक्षता तथा जहदा गा.बि.स. सचिव श्री गणेश कुमार पौडेल ज्यूको प्रमुख आतिथ्यमा सन्चालन भएको थियो भने सोहि कार्यक्रम पुस्तकालय सचिव श्री गोपाल सिंह आले ज्यूले सन्चालन गर्नु भएको थियो । 

कार्यक्रमका बारेमा जानकारि दिदै पुस्लकालय अध्यक्ष श्री सुरज के.सी
सुसाशन सम्बन्धि तालिम कार्यक्रममा शुभकामना मन्तब्य श्री कर्णध्वज काफ्ले, श्री गिरिस बहादुर चौधरि, श्री कृष्ण प्रसाद काफ्ले, श्री तोलाकान्त चापागाई, श्री गोपाल थारु, श्री डि.वी थापा, श्री प्रदिप कुमार थारु, श्री दिप प्रकास लोहनि लगायत प्रमुख अतिथि श्री गणेश कुमार पौडेल ज्यु ले मन्तब्य राख्नुभएको भएको थियो ।


शुभकाममा मन्तव्य दिदै गा.बि.स. सचिव श्री गणेश कुमार पौडेल ज्यू

कार्यक्रम सन्चालन गर्दै श्री गोपाल सिंह आले
५ दिने सुसाशन सम्बन्धि उक्त तालिम कार्यक्रमलाई प्रशिक्षक श्री पुष्पराज आचार्य ज्युले सहजिकरण गर्नु भएको थियो ।
सोहि कार्यक्रममा १५ महिला र १८ पुरुष गरि जम्मा ३३ जनाको सहभागिता रहेको थियो ।


 तालिममा सहभागिहरु

प्रशिक्षक श्री पुष्पराज आचार्य ज्युले प्रशिक्षण गराउदै

प्रशिक्षक श्री पुष्पराज आचार्य ज्युले प्रशिक्षण गराउदै


क्रियाकलाय गर्दै सहभगिहरु

वडा नागरिक मन्चका संयोजक ज्युले मन्तब्य राख्दै 

प्रशिक्षकले प्रशिक्षण गर्दै

Tuesday, February 16, 2016

मोबाईलमा ईन्टरनेट चलाउदै

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा आएर  मोबाईलमा  ईन्टरनेटको सेवा लिदै ।



Friday, February 12, 2016

सरस्वती पुजा

आज मिति २०७२/११/१ गते श्री पञ्चमी अर्थात  सरस्वती पुजाको दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा सरस्वती पुजा गरियो ।

अध्यक्ष सुरज के.सि ज्यु ले पुजा गर्दै ।



अध्यक्ष सुरज के.सि ज्यु ले टिका लागाईदिदै ।