मिति २०७३/५/७ गतेका दिन जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले रेष्टलेष्ट डेभलपमेन्टको सहजिकरणमा Motivational Seminar and Carrer Guidence कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सीको अध्यक्षतमा सम्पन्न गरेको छ, उक्त कार्यक्रमका सहजकर्ता श्री राजु शर्मा ज्यू हुनुहुन्थ्यो । सोहि कार्यक्रममा ४४ जना महिला र ३१ जना पुरुष गरि जम्म ७५ जना को सहभागिता रहेको थियो ।
Friday, September 23, 2016
Saturday, September 17, 2016
बाल दिवसको अवसरमा हाजिरि जवाफ प्रतियोगिता कार्यक्रम
| कार्यक्रमको ब्यानर |
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले यहि मिति २०७३/०५/२९ गतेका दिन
बाल दिवसको अवसर पारी बिधालय स्तरिय नि.मा.बि. तहको हाजिरि जवाफ प्रतियोगिता
कार्यक्रम गरी बाल दिवस भव्य रुपमा मानएको छ । उक्त कार्यक्रममा जहदा गा.बि.स. का
सम्पुर्ण निजि तथा सरकारी बिधालयहरु लाई आमन्त्रित गरिएको थियो । कार्यक्रममा ९
वटा बिधालय र १ वटा बाल क्लब गरि जम्मा १० वटा टिमको सहभागिता रहेको थियो । सोहि कार्यक्रम पुस्तकालय अध्यक्ष सुरज के.सी ज्युको अध्यक्षता तथा गा.बि.स.
सचिव गणेश कुमार पौडेल ज्युको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । जसमा नवजागरण ईङ्लिस स्कुलका बिधार्थी प्रथम, युनिभर्सल स्कुलका बिधार्थी दोस्रो भएका थिए भने ज्ञान कुन्ज स्कुलका बिधार्थी तेस्रो भएका थिए । यस कार्यक्रमको उदेश्य बालबालिका हरुको बौद्दिक स्तरमा
बृद्दि गर्नुका साथै पढ्ने बानिको बिकास गराउनु रहेको थियो ।
| कार्यक्रम सन्चालन गर्दै |
| दिप प्रज्जोलित गर्दै प्रमुख अतिथी तथा अध्यक्ष |
| प्रतियोगितामा सहभागि बिधार्थीहरु |
| नम्बर सुनाउदै स्कोरर |
| समुह छलफल गर्दै बिधार्थीहरु |
| समुह छलफल गर्दै बिधार्थीहरु |
| तेस्रो हुने बिधार्थीहरु |
| दोस्रो हुने बिधार्थीहरु |
| प्रथम हुने बिधार्थीहरु |
Thursday, September 15, 2016
च्याउ खेती तालिम
| तालिमको ब्यानर |
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले
यहि मिति २०७३/५/२६ गते देखी २०७३/५/२८ गते सम्म ३ दिने च्याउ खेति तालिम सम्पन्न
गरेको छ । सोहि तालिम
कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्यु को अध्यक्षतामा पानसमा बत्ती
बालेर सुरुवात गरिएको थियो, उक्त कार्यक्रम
पुस्तकालय सचिव श्री गोपाल सिह आले ज्युले सन्चालन गर्नु भएको थियो भने सोहि
कार्यक्रमका संयोजक श्री जित बहादुर कोहार ज्यु हुनुहुन्छ
। तालिम कार्यक्रम जिल्ला कृषि बिकास कार्यालय परासिका सुरेन्द्र कुमार सिंह र प्राबिधिक सहायक जे.टी सम्पर्क
स्थल जहदाका श्री महादेव चौधरी ज्युले प्रशिक्षण दिनु भएको थियो । सोहि च्याउ खेति तालिममा २ जना पुरुष र ४० जना महिला गरि जम्मा ४२ जनाको
सहभगिता रहेको थियो । यस तालिमको मुख्य उदेश्य व्यावसायिक रुपमा च्याउ खेति गरी आय आर्जनको स्रोत स्रिजना गर्न, च्याउ खेति गरि परिवारको स्थिति सुधार्न र
महिलाहरुलाई आत्म निर्भर बनाउनु रहेको थियो । सोहि तालिममा सहभगिहरु लाई अन्त्यमा एक/एक पोका
च्याउको बिउ तथा पलास्टिक पनि प्रदान गरिएको थियो ।
| दिप प्रज्वलित गर्दै पुस्तकालय अध्यक्ष
tflnddf ;d]l6Psf d'ne't ljifoj:t'M
s गोव्रे च्याउको लागि
व्याडको तयारी ।
v गोव्रे च्याउको लागी
आवश्यक सामाग्रि ।
u कम्पोष्ट मल तयार भए नभएको जाच्ने तरीका ।
|
| प्रशिक्षण दिदै प्रशिक्षक |
| सहभागिहरु |
| प्रयोगात्मक गर्दै |
| बिउ तथा पराल राख्ने तरिका सिकाउदै प्रशिक्षक |
| तालिमको बारेमा बोल्दै सहभागि |
| प्रमाणपत्र तथा च्याउको बिउ बितरण गर्दै |
| कार्यक्रम समापन गर्दै अध्यक्ष ज्यू |
| तालिमको अन्त्यमा लिईएको ग्रुप फोटो |
Monday, September 12, 2016
Saturday, September 10, 2016
साहित्यिक कार्यक्रम
| कार्यक्रमको ब्यानर |
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले आज मिति २०७३/५/२५ गतेका दिन लाईब्रेरी भवन मै गजलकार तथा हाईकु कवि श्री खगेन्द्र बस्याल ज्यूको एकल हाईकुहरु बाचन कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी. ज्युको अध्यक्षता तथा बुटवल बहुमुखी क्यामपसका प्राचार्य श्री ऋषिराम भुसालको प्रमुख आतिथ्यतामा दिप प्रज्योलित गरेर कार्यक्रम सम्पन्न गरेको छ ।
| गजलकार एवं हाकुई कवि श्री खगेन्द्र बस्याल ज्यू |
सोहि कार्यक्रममा बरिष्ठ सिने कलाकार श्री टिका पाहारी, मुक्तक बिधामा प्रथम बिधावारिधी श्री डा. मुरारी पराजुली, जहदा गा.बी.स. सचिव श्री गणेश कु. पौडेल, सगरमाथा आरोहण गर्ने प्रथम कर्मचारी श्री तुलसीराम भण्डारी, बुटवल ग्लोरियम कलेजका प्राध्यापक श्री प्रेम बस्याल,रेडियो नमस्ते बुटवलका सम्पादक श्री मुक्तिनाथ गैह्रे ज्यूहरु जस्ता अन्य थुप्रै अतिथिहरुको उपश्थितिमा कार्यक्रम सन्चालन भएको थियो । कार्यक्रममा पुस्तकालय सचिव श्री गोपाल सिहं आले ज्यूले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम दिपक बराल ज्यूले सन्चालन गर्नु भएको थियो । एकल हाईकु कबि वाचन कार्यक्रम भएता पनि अन्य ईच्छा हुने सहभागि तथा अतिथीहरुले पनि हाईकु तथा कबिता वाचन गर्नु भएको थियो । उक्त कार्यक्रममा ६६ जना को सहभागिता रहेको थियो ।
| प्रमुख अतिथि द्वारा दिप प्रज्जोलित हुदै .. |
| कार्यक्रममा बोल्दै पुस्तकालय अध्यक्ष श्री सुरज के.सी |
| कार्यक्रममा बोल्दै बुटवल बहुमुखी क्यामपसका प्राचार्य श्री ऋषिराम भुसाल |
| कविता वाचन गर्दै बालिका |
| सगरमाथा आरोहण गर्ने प्रथम कर्मचारी श्री तुलसीराम भण्डारी आफ्नो अनुभव सुनाउदै.. |
| बरिष्ठ सिने कलाकार श्री टिका पाहारी ज्यू |
| कार्यक्रम सन्चालन गर्दै दिपक बराल ज्यू, |
| स्वागत मन्तब्य राख्दै पुस्तकालय सचिब गोपाल सिहं आले ज्यु |
| कार्यक्रममा सहभागि |
Subscribe to:
Posts (Atom)