Friday, October 14, 2016

अगरबत्ति तालिम

तालिमको ब्यानर
        जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रिड नेपालको सहयोगमा मिति २०७३/६/१९ गते देखी २०७३/६/२१ सम्म ३ दिने अगर बत्ती तालिम पुस्तकालय भवनमा नै सम्पन्न गरेको छ । सोहि तालिम कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्यु को अध्यक्षतामा पानसमा बत्ती बालेर सुरुवात    गरिएको थियो, उक्त कार्यक्रम पुस्तकालय सचिव श्री गोपाल सिह आले ज्युले सन्चालन गर्नु भएको थियो भने सोहि कार्यक्रमका संयोजक श्री पुष्पा पौडेल ज्यु हुनुहुन्छ ।  उक्त तालिममा जम्मा २८ जना महिलाहरुको सहभागिता रहेको थियो भने तालिम सन्चालन प्रशिक्षक श्री पदमा राना ज्यूले प्रशिक्षण गराउनु भएको थियो । अगरबत्ति तालिमको मुख्य उदेश्य जिबिकोपार्जनमा सहयोग पुर्याउनु तथा ब्यवसायिक रुपमा आम्दानिको स्रोत प्रदान गर्नु रहेको थियो ।

चाहिने सामाग्रिहरु देखाउदै प्रशिक्षक


अगरबत्ति बनाउन सिकाउदै

अगरबत्ति बनाउन सिकाउदै

सहभागिहरु अगरबत्ति बनाउदै

सहभागिहरु अगरबत्ति बनाउदै

सहभागिहरु अगरबत्ति बनाउदै

सहभागिहरु अगरबत्ति बनाउदै

सेन्टमा अगरबत्ति चोब्न सिकाउदै

प्याकिड‌्ग गर्न सिकाउदै

प्याकिड‌्ग गर्न सिकाउदै

प्रमाण पत्र बितरण गर्दै

प्रमाण पत्र बितरण गर्दै

कार्यक्रम स‌योजक

पुस्तकालय अध्यक्ष


Saturday, October 1, 2016

गृहकार्य कक्षा



           जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले बालबालिकाहरुको पढ्ने बानिको बिकास गराउने उदेश्यले गृहकार्य कक्षा सन्चालन गरेको छ । उक्त कक्षा श्री नित्या नन्द रत्न उच्च मा.बिका बिधार्थीहरु बिच चलाईएको छ । गृह कार्य कक्षा सन्चालन गर्दा बिधार्थीहरु अत्यन्त खुसी भएका छन् ।

   







Thursday, September 29, 2016

अन्तरक्रियात्मक गोष्ठी

किशोरी खेलकुद तालिम

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले  १० दिने किशोरी  खेलकुद  तालिम सम्पन्न गरेको छ ।










Friday, September 23, 2016

मोटिभेसन सेमिनार र करियर गाईडेन्स

              मिति २०७३/५/७ गतेका दिन जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले रेष्टलेष्ट डेभलपमेन्टको सहजिकरणमा  Motivational Seminar and Carrer Guidence कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सीको अध्यक्षतमा सम्पन्न गरेको छ, उक्त कार्यक्रमका सहजकर्ता श्री राजु शर्मा ज्यू हुनुहुन्थ्यो । सोहि कार्यक्रममा ४४ जना महिला र ३१ जना पुरुष गरि जम्म ७५ जना को सहभागिता रहेको थियो ।















Saturday, September 17, 2016

बाल दिवसको अवसरमा हाजिरि जवाफ प्रतियोगिता कार्यक्रम

कार्यक्रमको ब्यानर
        जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले यहि मिति २०७३/०५/२९ गतेका दिन बाल दिवसको अवसर पारी बिधालय स्तरिय नि.मा.बि. तहको हाजिरि जवाफ प्रतियोगिता कार्यक्रम गरी बाल दिवस भव्य रुपमा मानएको छ । उक्त कार्यक्रममा जहदा गा.बि.स. का सम्पुर्ण निजि तथा सरकारी बिधालयहरु लाई आमन्त्रित गरिएको थियो । कार्यक्रममा ९ वटा बिधालय र १ वटा बाल क्लब गरि जम्मा १० वटा टिमको सहभागिता रहेको थियो । सोहि कार्यक्रम पुस्तकालय अध्यक्ष सुरज के.सी ज्युको अध्यक्षता तथा गा.बि.स. सचिव गणेश कुमार पौडेल ज्युको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । जसमा नवजागरण ईङ्लिस स्कुलका बिधार्थी प्रथम, युनिभर्सल स्कुलका बिधार्थी दोस्रो भएका थिए भने ज्ञान कुन्ज स्कुलका बिधार्थी तेस्रो भएका थिए । यस कार्यक्रमको उदेश्य बालबालिका हरुको बौद्दिक स्तरमा बृद्दि गर्नुका साथै पढ्ने बानिको बिकास गराउनु रहेको थियो ।


कार्यक्रम सन्चालन गर्दै 

दिप प्रज्जोलित गर्दै प्रमुख अतिथी तथा अध्यक्ष

प्रतियोगितामा सहभागि बिधार्थीहरु


नम्बर सुनाउदै स्कोरर

समुह छलफल गर्दै बिधार्थीहरु 





समुह छलफल गर्दै बिधार्थीहरु 



तेस्रो हुने बिधार्थीहरु
दोस्रो हुने बिधार्थीहरु

प्रथम हुने बिधार्थीहरु