Friday, November 25, 2016

लाईब्रेरी अवलोकन

 मिति २०७३/८/१० गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा Her Turn स‌ंस्थाकी कार्यकारी निर्देशक श्री अनिता थापा ज्युले लाईब्रेरी अवलोकन गर्नु भएको छ ।





Friday, November 18, 2016

यौन तथा प्रजनन स्वास्थ्य तालिम

    जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले मिति २०७३/८/३ गतेका दिन जयन्ति नि.मा.बि.मा १ दिने यौन तथा प्रजनन् स्वास्थ्य तालिम पुस्तकालय ब्यवस्थापन समितिका कोषाध्यक्ष श्री रुकमिणि चौधरी ज्युको सभापतित्व तथा बिधालयका शिक्षक श्री किर्तीनाथ पौडेल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । जसमा २६ जनाको सहभागिता रहेको थियो ।
ताालिमको ब्यानर







Tuesday, October 18, 2016

पुस्तकालय अवलोकन



         जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा मिति २०७३-६-२९ गतेका दिन ने.क.पा. एमाले व्यवस्थापिका सांसद श्री सिन्धु जलेसा ज्यू तथा अन्य अतिथि ज्यूहरुले पुस्तकालयको अवलोकन गर्नु भएको छ । जसमा सांसद श्री सिन्धु जलेसा ज्यू पुस्तकालय लाई सक्दो सहयोग गर्ने प्रतिबद्दता समेत जाहेर गर्नु भएको छ ।

                                          
                                     








Friday, October 14, 2016

अगरबत्ति तालिम

तालिमको ब्यानर
        जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रिड नेपालको सहयोगमा मिति २०७३/६/१९ गते देखी २०७३/६/२१ सम्म ३ दिने अगर बत्ती तालिम पुस्तकालय भवनमा नै सम्पन्न गरेको छ । सोहि तालिम कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्यु को अध्यक्षतामा पानसमा बत्ती बालेर सुरुवात    गरिएको थियो, उक्त कार्यक्रम पुस्तकालय सचिव श्री गोपाल सिह आले ज्युले सन्चालन गर्नु भएको थियो भने सोहि कार्यक्रमका संयोजक श्री पुष्पा पौडेल ज्यु हुनुहुन्छ ।  उक्त तालिममा जम्मा २८ जना महिलाहरुको सहभागिता रहेको थियो भने तालिम सन्चालन प्रशिक्षक श्री पदमा राना ज्यूले प्रशिक्षण गराउनु भएको थियो । अगरबत्ति तालिमको मुख्य उदेश्य जिबिकोपार्जनमा सहयोग पुर्याउनु तथा ब्यवसायिक रुपमा आम्दानिको स्रोत प्रदान गर्नु रहेको थियो ।

चाहिने सामाग्रिहरु देखाउदै प्रशिक्षक


अगरबत्ति बनाउन सिकाउदै

अगरबत्ति बनाउन सिकाउदै

सहभागिहरु अगरबत्ति बनाउदै

सहभागिहरु अगरबत्ति बनाउदै

सहभागिहरु अगरबत्ति बनाउदै

सहभागिहरु अगरबत्ति बनाउदै

सेन्टमा अगरबत्ति चोब्न सिकाउदै

प्याकिड‌्ग गर्न सिकाउदै

प्याकिड‌्ग गर्न सिकाउदै

प्रमाण पत्र बितरण गर्दै

प्रमाण पत्र बितरण गर्दै

कार्यक्रम स‌योजक

पुस्तकालय अध्यक्ष


Saturday, October 1, 2016

गृहकार्य कक्षा



           जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले बालबालिकाहरुको पढ्ने बानिको बिकास गराउने उदेश्यले गृहकार्य कक्षा सन्चालन गरेको छ । उक्त कक्षा श्री नित्या नन्द रत्न उच्च मा.बिका बिधार्थीहरु बिच चलाईएको छ । गृह कार्य कक्षा सन्चालन गर्दा बिधार्थीहरु अत्यन्त खुसी भएका छन् ।

   







Thursday, September 29, 2016

अन्तरक्रियात्मक गोष्ठी

किशोरी खेलकुद तालिम

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले  १० दिने किशोरी  खेलकुद  तालिम सम्पन्न गरेको छ ।