Thursday, February 2, 2017

खुल्ला नृत्य प्रतियोगिता


जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले यहि मिति २०७३/१०/१८ गतेका दिन सरस्वति पुजाको अवसर पारि खुल्ला नृत्य प्रतियोगिता पुस्तकालय अध्यक्ष श्री सुरज के.सी. ज्युको अध्यक्षता तथा ने.का. क्षेत्र नं. ५ का सांसद श्री माननिय बिक्रम खनाल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । कार्यक्रमको मुख्य उदेश्य कोष स‌ंकलन तथा युवामा रहेको प्रतिभा प्रफुटन गराउनु रहेको थियो । कार्यक्रम सम्पन्न गराउन हामिलाई बिभिन्न ब्यवसायीहरुले आर्थिक सहयोग गर्नु भएको थियो । हामिलाई सहयोग गर्ने दाताहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौ ।

उक्त कार्यक्रममा निम्नानुसारका बिधार्थीहरुले पुरस्कार जित्न सफल भएका थिए ।
प्रथम - बुद्द मंगल बोर्डिङ बिधार्थी
द्दितिय - युनिभर्सल बोर्डिंङ बिधार्थी
तृतिय - नि.र.कु.उ.मा.बि को बिधार्थी

















Monday, January 16, 2017

भित्ते पत्रिका प्रकाशन

मिति २०७३/१०/३ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले तयार पारेको भित्ते पत्रिका प्रकाशन गरेको छ ।

   









Monday, January 9, 2017

भित्ते पत्रिका प्रकाशनको तयारी

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले युवा प्रश्नोत्तर बाकस खोलि भित्ते पत्रिका प्रकाशनको लागि तयारी गर्दै ।










Sunday, January 8, 2017

दोस्रो पुस्तकालय स्थापना दिवस


              मिति २०७३/९/२४ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले लाईब्रेरी २ बर्ष पुरा भई ३ बर्षमा प्रबेश गरेको अवसरमा पुस्तकालय भवनमा दोस्रो पुस्तकालय स्थापना दिवसको अवसरमा जलपान तथा समिक्षा गोष्ठि कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी. ज्यूको अध्यक्षता तथा जहदा गा.बि.स सचिव श्री गणेश कु. पौडेलको ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सोहि कार्यक्रममा पुस्तकालयका बिभिन्न समिति तथा उप समितिलाई आमन्त्रित गरिएको थियो ।
उक्त कार्यक्रममा बर्ष भरि गरिएको काम को समिक्षा गरिएको थियो ।








Sunday, January 1, 2017

बित्तिय साक्षरता तथा सहकारिता तालिम

तालिमको ब्यानर
          जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले मिति २०७३/९/१४ गते देखी २०७३/९/१६ गते सम्म ३ दिने  बित्तिय साक्षरता तथा सहकारिता तालिम पुस्तकालय उपाध्यक्ष श्री जित बहादुर कोहार ज्यूको अध्यक्षता तथा पुस्तकालय सचिव गोपाल सिह आले ज्यूको संयोजकतामा सम्पन्न भएको छ । जसमा १७ पुरुष र २२ महिला गरि जम्मा ३९ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रमका प्रशिक्षक श्री पुष्पराज आचार्य ज्यू हुनुहुन्थ्यो ।



 तालिममा समेटिएका बिषयबस्तुहरु:
  १-बित्तिय साक्षरता के,किन र तत्वहरु
२- बचत के हो ?
३- सहकारिता के हो ?
४- बचत किन गर्ने र कसरी गर्ने ?
५- बचतका फाईदाहरु
६- ऋण के हो र साक्षी र जमानिको अर्थ
७- सहकारिताको सिद्दान्त,उदेश्य र प्रकार
८- सहकारिको संरचना
९- सहकारि र मानव सम्बन्ध
१०- सहकारिमा पदाधिकारिहरुको भुमिका र जिम्मेवारी ।