मिति २०७४ भाद्र २३ गतेका दिन शिक्षा दिवसको अवसर पारि जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले "साक्षरता अभियानमा पुस्तकालयको भुमिका" बिषयमा वक्तृत्वकला प्रतियोगिता पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्युको अध्यक्षता तथा बर्दघाट नगरपालिका उप-मेयर श्री माया पौडेल ज्यूको प्रमुख आतिथ्यतामा भब्यरुपमा सम्पन्न गरेको छ । जसमा कमल कोईराल ज्यू,गजेन्द्र गिरि ज्यू र जितेन्द्र जैसी ज्यूले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो।
उक्त प्रतियोगितामा नवजागरण ईङलिस स्कुलको बिधार्थी प्रथम, नित्यानन्द मा.बि का बिधार्थी द्धितिय, युनिभर्सल ईङलिसका बिधार्थी तृतिय र जयन्ति प्रा.बिका बिधार्थी सान्त्वना स्थान लिन सफल भएका छन । कार्यक्रम पुस्तकालय सचिव श्री गोपाल सिंह आले ज्युले सन्चालन गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष श्री जित बहादुर कोहार ज्यूले राख्नु भएको थियो भने बिभिन्न अतिथी ज्यूहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।Sunday, September 10, 2017
Friday, September 8, 2017
सरसफाई कार्यक्रम
यहि मिति २०७४/५/१७ गतेका दिन मिरमिरे माईक्रो फाईनान्सको आयोजना तथा जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, नेपाल रेडक्रस सोसाईटि,हाट बजार समिति, सन्तोसि माता मन्दिर समिति लगायतको सह-आयोजनामा सरसफाई कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
Thursday, August 31, 2017
१० औ अन्तराष्ट्रिय पुस्तकालय दिवस
१० औ अन्तराष्ट्रिय पुस्तकालय दिवसको अवसर पारि जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले "सभ्य समाज निर्माणका लागि पुस्तकालय" भन्ने बिषयमा अन्तरक्रियात्मक कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी.ज्यूको अध्यक्षतामा तथा १२ नं. वडा कार्यलयका अध्यक्ष श्री मान बा. मल्ल ज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न गरेको छ ।
Saturday, July 22, 2017
Children intertentment
आज शनिवारको दिन बालबालिका पुस्तकालयको बाल कक्षमा रमाउदै गर्दा तयार पारिएको भिडियो ।
अध्ययन गर्न पुस्तकालय
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा मिति २०७४/४/६ गतेका दिन बुद्ध मंगल बोर्डिङ स्कुल Class 6 र 7 का बिधार्थीहरु किताब तथा कम्प्युटरबाट ज्ञान लिन पुस्तकालयमा बिधालयका शिक्षकहरुले पुस्तकालयमा आफ्ना बिधार्थीहरु ल्याउनु भएको थियो जसमा बिधार्थीहरुले कम्प्युटरमा बिधालयमा सिकाएका computer बिषयको practical गरेका थिए ।
| नाम दर्ता गर्दै बिधार्थीहरु |
Subscribe to:
Posts (Atom)



