Tuesday, January 23, 2018

दुई बालक स्कईपमा कुरा गर्दै

बिदेशमा रहनु भएको आफ्नो मंमी सँग  स्कईपमा कुरा गर्दै दुई बालकरु :-






किशोरी मैत्रीपुर्ण फुटबल प्रतियोगिता

जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समिति भटौलिया नवलपरासीले मिति २०७४/०७/२९ गते  किशोरी मैत्रीपुर्ण फुटबल प्रतियोगिता सन्चालन गरेको तस्बिरहरु :-









Friday, January 19, 2018

तेस्रो पुस्तकालय स्थापना दिवस

जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले मिति २०७४/०९/२४ गतेका दिन पुस्तकालयले तेस्रो बर्ष पुरा गरि चौथो बर्षमा प्रवेश गरेको सु-अवसरमा यानिकि  तेस्रो पुस्तकालय स्थापना दिवस पारि समिक्षा गोष्ठी कार्यक्रम पुस्तकालय अध्यक्ष सुरज के.सी ज्यूको अध्यक्षतामा र वडा नं. १३ का वडा अध्यक्ष श्री नर वहादुर चौधरी ज्यूको प्रमुख आतिथ्यता तथा १२ नं. वडाका वडा अध्यक्ष श्री मान बा. मल्ल ज्यूको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रम पुस्तकालय सचिव गोपाल सिह आले ज्यूले सन्चालन गर्नु भएको थियो ।











फोटो Story

रेष्टलेष्ट डेभलपमेन्टको आर्थिक सहयोगमा जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र नवलपरासी द्धारा संचालित युवा व्यवसायिक तालीम पश्चात व्यवसाय गरेका युवा हरुको फोटो Story को लागि restless development बाट पाल्नुभएको सर मेम हरु युवाहरू को फोटो तथा अन्तरबार्ता लिदै ।










Saturday, January 6, 2018

लोक सेवा आयोगको तयारी गर्दै एक युवा

जहदा सामुदायिक पुस्कोतकालय तथा स्रोत केन्द्र भटौलिया नवलपरासीको ICT कक्षमा एक जना युवा लेक सेवा आयोगको परिक्षाको लागि ईन्टरनेटमा हाईड्रो पावर बारे पढ्दै ।


Friday, January 5, 2018

जिविकोपार्जन सम्बन्धि बुटिक तालीम


           
             जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रिड नेपालको सहयोगमा मिति २०७४/९/८ गते देखी २०७४/९/१७ गते सम्म (१० दिने) जिबिकोपार्जन सम्बन्धि बुटिक तालिम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्यूको अध्यक्षता तथा वडा नं. १२ का वडा अध्यक्ष श्री मान बा. मल्ल ज्युको प्रमुख आतिथ्यतामा सरुवात गरेको थियो भने वडा नं. १२ कै वडा सचिब श्री गणेश कु. पौडेल ज्यूको आतिथ्यतमा समापन गरिएको थियो । कार्यक्रम पुस्तकालयका सचिब श्री गोपाल सिह आले ज्यूले सन्चालन गर्नु भएको थियो ।

उक्त तालिम मा जम्मा २४ जना महिलाको सहभागिता रहेको थियो । उक्त तालिमको मुख्य उदेश्य भनेको समाजमा महिलाहरुलाई सिप मुलक तालिम दियर आत्म निर्भर गराउनु रहेको थियो । बुटिक तालिमको प्रशिक्षण सप्तमी देबि चौधरी ज्यूले दिनु भएको थियो ।













आई.सि.टी. प्रशासक सम्मानित


              
        जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा कार्यरत ICT प्रशासक श्री Laxmi Dhitang ले पुस्तकालयमा गरेको कार्यको उच्च मुल्याङ्कन गर्दै रिड नेपाल द्धारा Best ICT Administrator Award र Mobile Phone पुरस्कार स्वरुप प्राप्त गर्नु भएको छ।  २८ वटा सामुदयिक पुस्तकालय मध्ये ३ वटा पुस्तकालय सम्मानित भएका थिए जसमा उहा लाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कार तथा सम्मानको लागि रिड नेपाल लाई ब्यक्तिगत तथा पुस्तकालय परिवारको तर्फ बाट  धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौ !