Thursday, September 19, 2019

School Orientation Program

मिति २०७६/०५/२२ गतेका दिन साक्षरता दिवसको अवसर पारि जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा संचालित TAG परियोजना कार्यक्रम अन्तरगत बिद्यार्थीहरु अभिमुखिकरण कार्यक्रम पुस्तकालय अध्यक्ष सुरज के सि ज्यु र उप समिती संयोजक गोपाल सिह आले ज्युको उपस्थितिमा युनिभर्सल स्कुल र ज्ञान कुन्ज स्कुल मा सम्पन्न भयो ।



















Tuesday, September 17, 2019

बैठक

जहदा सामुदायिक पुस्तकालयमा ब्यवस्थापन समिति र TAG परियोजना उप समितिको बैठक पुस्तकालय अध्यक्ष श्री सुरज के सि ज्युको अध्यक्षता र READ Nepal बाट आउनु भएको श्री राजु चापागाईं ज्युको उपस्थितिमा कार्यक्रमको बारेमा छलफल गरियो ।




१२ औ पुस्तकालय दिवस

"पठन संस्कृतिको पुर्वाधार ,पुस्तकालयको विकास र विस्तार " भन्ने मुलनाराको साथमा १२ औ पुस्तकालय दिवसको अवसरमा आयोजित "स्थानीय प्रतिभा प्रदर्शन कार्यक्रम मिति 2076/ 5 / 13 गतेका दिन पुस्तकालय को अध्यक्ष श्री सुरज के.सि ज्यु को अध्यक्षतामा र १२ न. वडा कार्यालय र १३ न. वडा कार्यालयको अध्यक्ष ज्युहरुको विशिष्ट अतिथ्यामा कार्यक्रम सम्पन्न भएको छ ।










Wednesday, August 21, 2019

"सिकाईको अवसरको रुपमा पुस्तकालय"


लक्ष्मी धिताङ्ग
बर्दघाट-१३ धनेवा !

हरेक मानिस, जिव जन्तु, पशु प‌ंछि, बोटबिरुवा हरेकको आ-आफ्नै सिकाई हुन्छ । कसैले पढेर सिकेको हुन्छ त कसैले लेखेर, कसैले सुनेर सिकेको हुन्छ त कसैले देखेर ! त्यसैले हरेक प्राणीको सिक्ने कला फरक फरक हुन्छ र सिकाई पनि फरक फरक ! बालबालिकाहरु जिज्ञासु स्वभाबका हुन्छन् उनिहरु धेरै कुरामा जिज्ञासा रहेको हुन्छ र हरेक किसिमको जिज्ञासाको समाधानको खोजिमा रहेका हुन्छन, त्यसता कयौ जिज्ञासाको समाधान पुस्तकालयको बाल कक्षबाट समाधान हुन्छन र नया नया कुरा सिक्दछन ।

त्यस्तै सिक्ने अवसर दिने मध्य एक जहदा सामुदयिक पुस्तकालय तथा स्रोत केन्द्र पनि पर्दछ । जहा बालबालिकाहरु आएर पढ्न जान्नेले पढेर सिकेका हुन्छन त पढ्न नजान्ने बालबालिका चित्र हेरेर र खेलौनाको माध्यम बाट सिकाई सिकि रहेका हुन्छन् ।



पुस्तकालयको माध्यम बाट यहा सम्मका बालबालिकालाई सहयोग भएको छ कि जो निम्न आय यानि गरिव परिवारमा रहेका छन जो एउटा सानो बल(खेलौना) पनि किनेर दिन नसक्ने पारिवार बाट छन्, तर पुस्तकालयले ति निम्न आय भएका परिवारका बालबालिकालाई बिभिन्न खेलौना जो उनिहरु पर बाट मात्र देख्न सक्दथे ति बालबालिका हरु अहिले पुस्तकालयको बाल कक्षमा आनन्दले बसेर रमाईलो गर्दै खेल्न पाएका छन । र सिक्न पनि पाएका छन् ।









Tuesday, August 20, 2019

खालि समयको सदुपयोग

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा बिद्यार्थीहरु खाली समयमा पुस्तकालयको युवा कक्षमा रहेका पुस्तकहरु अध्ययन गर्दै..........................






पुस्तकालय बैठक

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र ब्यवस्थापन समिति र मानव बेचबिखन ओसारपसार तथा आधुनिक दसत्व विरुद्धको सचेतनात्मक कार्यक्रम  उप समितिको सयुक्त बैठक पुस्तकालय अध्यक्ष श्री सुरज के सि ज्युको अध्यक्षतामा सम्पन्न भएको  छ ।





चित्र बनाउदै

जहदा सामुदायिक पुस्तकालयमा नवजागरण स्कुलका बिधार्थिहरु चित्र बनाउदै