Monday, May 9, 2016

पुस्तकालयको उपयोग

जहदा सामुदायिक पुस्तकालय तथा स्राेत केन्द्रको भवनमा जिल्ला स्वास्थ्य कार्यालयले Plan Internation Nepal को सहकार्यमा गर्भवती परिक्षण र गर्भवतीको स्याहार बारे २१ गते १ दिने कार्यक्रम सन्चालन गरेको छ,  जुन कार्यक्रम डाक्टर ऋषी न्याैपाने , कृष्णहरि पाैडेल , इन्द्र प्रसाद लामिछाने र रामहरक गुप्ता ज्युले सन्चालन गर्नु भयो । जसमा २७ जना सहभगि हुनु भएको थियो र जहदा गा. वि. स. को ९ वटा वडा का महिला स्वास्थ्य स्वयम सेविकाहरु पनि सहभागि हुनु भएको थियो ।






Tuesday, May 3, 2016

व्यवसायिक तालिम पश्चात ब्युटि पार्लर समुद्घाटन कार्यक्रम

आज मिति २०७३/०१/२१ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र र रेष्टलेष्ट डेभलभमेन्टको सहयोगमा सञ्चालित व्यवसायिक तालिममा सहभागि शान्ता गोल्डिले Advance Parlour Course पुरा गरे लगतै ब्युटि पार्लर खोल्न सफल भएकि छिन , उक्त ब्युटि पार्लर जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष श्री सुरज के.सि ज्युबाट उद्घाटन गराईएको थियो ।




Thursday, April 28, 2016

बैठक



        मिति २०७३ साल बैशाख १५ गतेका दिन जहदा सामुादायिक पुस्तकालय तथा स्रोत केन्द्रमा रिड नेपाल का प्रवन्धक तथा अनुगमन मुल्याङ्कन, श्री दुर्गेश कुमार योगि , पुस्तकालय व्यवस्थापन समिति र युवा उपसमिति बिच पुस्तकालयबाट संचालन हुने विभिन्न तालिमहरु विच छलफल गरियो ।





Friday, April 22, 2016

लाईब्रेरिलाई किताब प्रदान

जहदा गा.वि.स वार्ड नं. ७  धनेवा निवासी श्री ध्रुवप्रसाद भट्टराई बाट  जहदा सामुदायिक पुस्तकालयलाई ६ प्रति किताब प्रदान गर्नु भएको छ ।


Tuesday, April 19, 2016

क्यारेम बोर्डमा रमाउदै बालबालिका

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा रेष्टलेष्ट डेभलपमेन्ट बाट प्रदान गरिएको क्यारेम बोर्डमा बालबालिकाहरु रमाउदै गरेको दृश्य ।।।



Monday, April 18, 2016

सफलताको कथा


        
      नमस्ते मेरो नाम ज्योती थापा हो । हाल म बि.बि.एस प्रथम बर्षमा अध्ययनरत छु । सर्वप्रथम त म यस जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई म धन्यवाद दिन चाहान्छु किनभने यो पुस्तकालय यस जहदामा नभएको भए सायद म मा यति धेरै परिवर्तन आउने थिएन होला, साथै म बिशेष गरेर रेष्टलष्ट डेभलभमेन्टलाई ह्रदय देखी नै धन्यवाद दिन चाहान्छु, जसले यस जहदा सामुदायिक पुस्तकालयमा युवा हरुको लागि कार्यक्रम ल्यायो र म पनि त्यसमा सहभागि हुने मौका पाए ।





    रेष्टलेष्टबाट उपलब्ध तालिमहरु लिनु भन्दा पहिला म बोल्न त बोल्थ्य तर धेरै मान्छेको अगाडि गएर बोल्न डर लाग्थ्यो साथै कुन ठाउमा कसरि बोल्ने भन्ने बारे जानकारि थिएन तर यस रेष्टलष्ट डेभलभमेन्टले जिवन उपयोगि सिप, नेतृत्व बिकास तालिम जस्ता तालिमबाट मैले धेरै कुरा जान्ने र सिक्ने मौका पाए, यि तालिमहरु पश्चात म मा भएको डरहरु भाग्यो साथै कुन ठाउमा कसरि बोल्ने, तालिम सञ्चालन गर्दा के गर्ने के नगर्ने, सहभागिहरुलाई कसरि आफु प्रति ध्यानाकर्ष गराउने भन्ने बारे पनि सबै कुरा सिके ।
         रेष्टलष्ट डेभलभमेन्टबाट सन्चालित बिभिन्न तालिम पश्चात मैले ३ वटा जिवन उपयोगि सिप तालिम सन्चालन गरि सकेको छु, यो भन्दा पहिला मैले कुनै पनि तालिम सन्चालन गरेको थिईन, तर अहिले म कुनै पनि तालिम राम्रो संग सहभागिहरुलाई आफु प्रति ध्यानाकर्ष गराउई तालिम दिन सक्छु । यति मात्र नभई मैले गृहकार्य कक्षा सञ्चालन पनि गर्छु । र अहिले म गाउमै गाउका केटा केटीहरुलाई ट्युसन पनि पढाउछु  अहिले सम्म मैले रु.१०,०००/- कमाई सकेको छु ।
 

यो सबै जहदा सामुदायिक पुस्तकालय र रेष्टलेष्ट डेभलभमेन्टको देह हो त्यसैले म पुन: जहदा सामुदायिक पुस्तकालय र रेष्टलेष्ट डेभलभमेन्टलाई मुरि मुरि धन्यवाद दिन चाहान्छु । नमस्ते !!!!!!