Monday, December 26, 2016
Sunday, December 25, 2016
बैठक
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिको बैठक मिति २०७३ पुस ९ गतेका दिन युवा नेतृत्व उप समितिको नव निर्मित समितिको पहिले बैठक पुस्तकालय अध्यक्ष श्री सुरज के.सी को अध्यक्षतामा सम्पन्न गरेको थियो । जसमा बिभिन्न बिषयमा छलफल तथा निर्णयहरु गरिएको थियो ।
युवा नेतृत्व उप समिति बैठक
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिको बैठक युवा नेतृत्व उप समितिका संयोजक श्री बासुदेव खनाल ज्यूको अध्यक्षता तथा ब्यवस्थापन समिति अध्यक्ष श्री सुरज के.सी ज्यू र निर्माण समितिका सचिव श्री प्रदिप कुमार थारुको ज्यूको उपश्थितिमा बैठक सम्पन्न भएको छ । बैठकमा युवा नेतृत्व उप समितिमा रिक्त रहेको पद पुर्तीको चयन तथा बिभिन्न कार्य बिभाजन सम्बन्धि निर्णयहरु गरिएको थियो ।
Saturday, December 24, 2016
रक्तदान कार्यक्रम
"रक्त दान जिवन" भन्ने मुल नाराका साथ मिति २०७३/९/९ गते शनिबारका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले नेपाल रेडक्रस सोसाईटी बुद्द मंगल उप साखाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी. ज्यूको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला सदस्य श्री राजेन्द्र प्रसाद अग्रहरी ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । जसमा १८ जनाले रक्तदान गर्नु भएको छ ।
| ब्यानर |
Thursday, December 22, 2016
गर्भवती परिक्षण
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा मिति २०७३/०९/०७ गतेका दिन जहदा स्वास्थ्य चौकिका नर्स तथा स्वयम् सेविका द्वारा गर्भवति परिक्षण कार्यक्रम सन्चालन भएको छ।
Tuesday, December 6, 2016
व्यक्तिगत स्वास्थ्य तथा पोषण
तालिमको ब्यानर |
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रिड नेपालको सहयोगमा मिति २०७३/८/१६ गते देखि २०७३/८/१८ गते सम्म व्यक्तिगत स्वास्थ्य तथा पोषण सम्बन्धि तालिम कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्यूको अध्यक्षता तथा जहदा गा.बि.स. सचिव श्री गणेश कुमार पौडेल ज्यूको प्रमुख आतिथ्यतामा सन्चालन गरेको छ । सोहि तालिम कार्यक्रमको उद्धघाटन सत्र आई.सि.टी. प्रशासक लक्ष्मी धिताङ्गले सन्चालन गर्नुभएको थियो भने समापन सत्र पुस्तकालय निर्माण समिति सचिव तथा कार्यक्रम संयोजक श्री प्रदिप कुमार थारु ज्युले सन्चालन गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न निकायका व्यक्तित्वहरुको अातिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा ३१ महिला र ६ पुरुष गरि जम्मा ३७ जनाको सहभागिता रहेको थियो ।
व्यक्तिगत स्वास्थ्य तथा पोषण सम्बन्धि तालिम कार्यक्रमका प्रशिक्षक श्री कृष्णहरि पौडेल (जहदा स्वास्थय चौकि जनस्वास्थय निरिक्षक), रिषिराज काफ्ले (कुडिया स्वास्थय चौकि सि.अ.हे.व. अधिकृत), बाबुराम तिमल्सिना (तिलकपुर स्वास्थय चौकि - सि.अ.हे.व. अधिकृत) ज्युहरु हुनुहुन्थ्यो ।
| प्रमुख अतिथि द्वारा कार्यक्रम उद्धघाटन हुदै |
tflnddf ;d]l6Psfljifoj:t'x?
s=पोषण भनेको के हो ?
v=नेपालमा पोषणको वर्तमान अवस्था ।
u=व्यक्तिगत सरसफाई र यसको महत्व।
3==गर्भ जाच र यसको महत्व साथै आइरन, टि.डि. खोप वारेमा जानकारी ।
*= tflnsf] pknAwL M
s=व्यतिगत सरसफाई र यसको महत्व बारे जानकारी ।
v=पोषण भनेको के हो ?त्यसको वर्तमान अवस्था ।
u=सुनौलो !))) दिनको जानकारी र
यसका चरणहरुको बारेमा जानकारी ।
3=गर्भ जाच र यसको महत्व साथै आईरन, टि.डि. खोप बारे
जानकारी ।
| प्रशिक्षकले प्रशिक्षण गर्दै |
| सहभागिहरु |
|
| प्रमाण पत्र प्रदान गर्दै |
| कार्यक्रम सयोजक श्री प्रदिप कुमार थारु |
| प्रशिक्षक |
| प्रमुख अतिथी मन्तब्य राख्दै |
| पुस्तकालय अध्यक्ष श्री सुरज के.सी. |
Friday, November 25, 2016
लाईब्रेरी अवलोकन
मिति २०७३/८/१० गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा Her Turn संस्थाकी कार्यकारी निर्देशक श्री अनिता थापा ज्युले लाईब्रेरी अवलोकन गर्नु भएको छ ।
Friday, November 18, 2016
यौन तथा प्रजनन स्वास्थ्य तालिम
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले मिति २०७३/८/३ गतेका दिन जयन्ति नि.मा.बि.मा १ दिने यौन तथा प्रजनन् स्वास्थ्य तालिम पुस्तकालय ब्यवस्थापन समितिका कोषाध्यक्ष श्री रुकमिणि चौधरी ज्युको सभापतित्व तथा बिधालयका शिक्षक श्री किर्तीनाथ पौडेल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ । जसमा २६ जनाको सहभागिता रहेको थियो ।
| ताालिमको ब्यानर |
Subscribe to:
Comments (Atom)