Saturday, June 25, 2016

पुस्तकालयमा आएर पुस्तकहरु पढ्दै....विधार्थीहरु ।

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा नित्या नन्द रत्न कुमारी उच्च मा.वि. का बिधार्थीहरु पुस्तकालयमा आएर पुस्तकहरु पढ्दै ।




Thursday, June 23, 2016

कुखुरा पालन तालिम

तालिमको ब्यानर

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रिड नेपालको सहयोगमा ३ दिने कुखुरा पालन तालिम २०७३/३/५ गते देखी २०७३/३/७ गते सम्म लाईब्रेरी भवनमा नै सन्चालन गरेको छ ।  उक्त तालिममा ४ महिला र १८ पुरुष गरि जम्मा २२ जनालाई तालिम दिईएको थियो । सोहि तालिममा कुखुरा ब्यवसायिलाई आमन्त्रित गरिएको थियो ।






उद्दघाटन सत्रमा कार्यक्रम सन्चालन गर्दै गोपाल सिह आले ज्यु
कुखुरा पालन तालिम कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी को सभापतित्वमा सन्चालन भएको थियो, भने कार्यक्रम सन्चालन श्री गोपाल सिह आले ज्युले गर्नु भएको थियो । साथै कार्यक्रम संयोजक श्री महेन्द्र काफ्ले ज्यू रहनु भएको थियो ।


उक्त कुखुरा पालन तालिमका प्रशिक्षक श्री शंकर शाह ( प.बि.अ.) , भुमिश्वर खनाल ( प.बि.अ.),  डा. पशुराम फुयाल र रामहरि शर्मा ( प.प्र ) ज्युले प्रशिक्षण दिनु भएको थियो ।

तालिम कार्यक्रम संयोजक श्री महेन्द्र काफ्ले ज्यु स्वागत मन्तब्य दिदै




उक्त तालिमको मुख्य उदेश्यहरु 

क) कुखुरापालनको महत्व, आवश्यकता र नेपालमा पालिने कखुराका जातहरुको बारेमा थाहा दिन ।
ख) कुखुराको चल्ल ल्याउनुपुर्व गर्नुपर्ने तयारि र कुखुरापालनमा ब्रुडिंग व्यवस्थापन को बारेमा जानकारि दिन ।
प्रशिक्षक-सहभागि संग छलफल गर्दै
ग) कुखुरापालनमा खोपको आवश्यकता, खोपको तालिका र पानिमा खोप दिदा ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी दिन ।
) जैविक सुरक्षा , आवश्यकता , उपायहरुको बारेमा थाहा दिन र खोर सफा गर्न प्रयोग गरिने रसायनहरु र प्रयोग विधीको बारेमा जानकारी दिन ।










tflnddf ;d]l6Psf ljifoj:t'x?
               s=कुखुराको चल्ला ल्याउनुपुर्व गर्नुपर्ने तयारी र कुखुरा पालनमा ब्रुडींग व्यवस्थापन ।
               v= कुखुरामापालनमा  खोपको आवश्यकता खोपको तालिका र पानिमा खोप दिदा ध्यान                दिनु पर्ने कुराहरु ।
               u=कुखुराको आन्तरिक तथा वाहय परजिविको जानकारि तथा रोकथाम गर्ने तरिका ।

               3==कुखुरामा लाग्ने प्रमुख रोगहरु ( विषाणुजन्य ) र ( जिवाणुजन्य) ।


प्रशिक्षक-सहभागि संग छलफल गर्दै

प्रशिक्षक-सहभागि संग छलफल गर्दै

कुखुरामा कुन रोग लागेको छ भनि पत्ता लगाउने तरिका सिकाउदै


कुखुरामा कुन रोग लागेको छ भनि पत्ता लगाउने तरिका सिकाउदै

प्रशिक्षण गर्दै प्रशिक्षक

अन्त्यमा सहभागि कार्यक्रमको बारेमा बोल्दै

अन्त्यमा सहभागि कार्यक्रमको बारेमा बोल्दै

प्रमाण-पत्र बितरण हुदै


अन्त्यमा अध्यक्ष ज्यु बोल्दै