Sunday, August 14, 2016

दुग्ध उत्पादन बिकास तालिम

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रिड नेपालको सहजिकरणमा आज मिति २०७३/४/३० गते देखी २०७३/४/३२ गते सम्म ३ दिने दुग्ध उत्पादन बिकास तालिम सन्चालन भएको छ ।

तालिमको ब्यानर
 सोहि तालिम कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्यु को अध्यक्षतामा पानसमा बत्ती बालेर सुरुवात गरिएको छ, उक्त कार्यक्रम पुस्तकालय सचिव श्री गोपाल सिह आले ज्युले सन्चालन गर्नु भएको थियो भने सोहि कार्यक्रमका संयोजक श्री मुरलि कृष्ण खनाल ज्यु हुनुहुन्छ ।
पानसमा बत्ति बाल्दै अध्यक्ष सुरज के.सी.
कार्यक्रम सन्चालन गर्दै पुस्तकालय सचिव श्री गोपाल सिंह आले

कार्यक्रम संयोजक श्री मुरलि कृष्ण खनाल
 कार्यक्रममा पुस्तकालय सह-सचिव पुस्पा पौडेल ज्यु, पुस्तकालयका निर्माण समितिका सचिब श्री प्रदिप कुमार ज्युले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

तालिम कार्यक्रम जिल्ला पशु चिकित्सक- पशुसेवा केन्द्र 'क' जमुनियाका शोभाकर ज्ञवाली र पशु सेवा प्राबिधिक रामहरि शर्मा ज्युले प्रशिक्षण दिईरहनु भएको छ ।
तालिमका सहभागिहरु



Wednesday, August 10, 2016

युवा ब्यवसायिक तालिम

          जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रेष्टलेष्ट डेभलपमेन्टको आर्थिक सहयोगमा युवाहरुको लागि बिभिन्न व्यवसायिक तालिम सन्चालन गरेको छ, जसमा सिलाई कटाई र वल्डिङं सिकिरहेकाहरुको केहि तस्विरहरु 





खालि समयको सदुपयोग

खालि समयमा बिधालयका बालबालिका जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आई सि टी कक्षमा आएर कम्प्युटर सिक्दै..........


Tuesday, August 9, 2016

डकुमेन्ट्री हेर्दै बालबालिकाहरु

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा आज मिति २०७३/४/२५ गतेका दिन बिधार्थीहरु आखी झ्याल मा रहेको बालालिका नामक डकुमेन्ट्री हेर्दै....




सफलताको कथा

            जहदा सामुदयिक पुस्तकालय जहदाका बालबालीका, वृद, युवा सवैका लागी बर्दान योग्य भएको छ । जहदा सामुदायिक पुस्तकालयमा विभिन्न कक्षहरु छन्, जसमा एउटा बाल कक्ष पनि रहेको छ, जसमा बालबालिकाहरुको लागिहरुको लागि पढ्ने देखि लिएर खेलौनाका चिजहरु पनि रहेका छन् । जहदाका बालबालिकाहरु फुर्सदको समय अर्थात शनिबारको दिन खेलेर मात्र  दिन बिताउने गर्थै तर पुस्तकालयको स्थापना पछि बाल बालिकाहरु शनिबार वा अन्य कुनै बिदाको दिन पुस्तकालयमा अएर खेल्ने, पढ्ने गर्दछन् र महिना मा २ पटक हुने चित्रकला प्रतियोगितामा पनि सहभागि हुने गर्छन । जसले गर्दा बालबालिकामा मनोरन्जनका साथै पढ्ने बानिको बिकास पनि भएको छ । यस समुदायका मानिसको आर्थिक स्थिति कमजोर भएको कारण यहाका बालबालिकाहरुले बिभिन्न खेलाउने कुराहरु प्राप्त गर्न वा
खेलाउन पाउदैन थे, देकान या बजारमा खेलाउने कुरा हेरेर चित बुझाउने गर्थै तर पुस्तकालय स्थापना पछि यस समुदायका बालबालिकाहरुले अहिले प्रत्यक्ष रुपमा बिभिन्न खेलौनाहरु हेर्न र खेलाउन पाएका छन्, बाल कक्षमा भएका सामाग्रीहरु उपयोग गर्न पाएका छन । बाल बालिकाहरुमा पहिला भन्दा धेरै परिवर्तन आएको छ तिनिहरु बाल कक्षमा खेल्ने, रमाउने गर्छन । पुस्तकालयमा हुने बिभिन्न क्रियाकलाप अर्थात बालबालिकाका लागि हुने क्रियाकलाप पछि बालबालिकामा धेरै परिवर्तन आएको छ, बिधालयमा दिएको गृहकार्य घरमा आएर गर्न र पढ्न
नमान्ने बालबालिकाहरु पुस्तकालयमा हुने बिभिन्न क्रियाकलापमा सहभागि हुनका लागि आजकल पहिला गृहकार्य गरेर सिध्याउने गरेको कुरा बालबालिकाका अभिभाबकले बताएका छन्, गृहकार्य नगरि बिधालय जाने बिधार्थिहरु अहिले गृहकार्य गरेर बिधालय गने गरेका छन्, पढ्नमा पनि ध्यान दिने गरेको कुरा अभिभाबकहरुले बतायका छन्, यति मात्र नभई यि बालबालिकाहरु खाली समयमा कम्प्युटरमा पनि रमाउने गर्छन, लाईब्रेरिमा आएर कम्प्युटरमा बिभिन्न गेम तथा चित्र कोरेर रमाउने गर्दछन्, पहिला दिन भरि खालि खेलेर बिताउने बालबालिकाहरु अहिले पुस्तकालय आएर बिभिन्न खेलको माध्यम बाट सिकाईहरु सिक्ने गर्दछन, 


      शनिबार या कुनै बिदाको दिन बालबालिकाहरु बाटो हिडेको देखेर "का हिडेको" भनेर सोध्दा  लाईब्रेरिमा पढ्न हिडेको भनेर जवाफ दिने गर्छन, यस पुस्तकालयको स्थापना पछि यहाका बालबालिकामा धेरै नै परिवर्तन आएको छ। यि सम्पुर्ण कार्यका लागी रिड नेपाल र जहदा सामुदायिक पुस्तकालयलाई धेरै धेरै धन्यवाद !!!!! 

एस एल सी को नतिजा हेर्नेको घुईचो

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा एस एल सी को नतिजा हेर्दै.....






Tuesday, August 2, 2016

नेतृत्व बिकास तालिम

तालिमको ब्यानर
            जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले यहीँ मिति २०७३/४/९ गतेदेखि २०७३/४/११ गते सम्म महिलाको लागि नेतृत्व विकास तालीम सन्चालन गरेको छ । जुन तालिम पुस्तकालय अध्यक्ष श्री सुरज के सि को अध्यक्षतामा सम्मपन्न भएको थियोे भने सोहि कार्यक्रममा श्री ईश्वरी प्रसाद घिमिरे ज्युले प्रशिक्षण गर्नु भएको थियो । जसमा २८ जना महिलाको सहभागीता रहेको थियो । 
नेतृत्व विकास तालीमको स‌ंयोजक श्री रुक्मिणि कुमारी चौधरी ज्यु हुनुनथ्यो भने सोहि कार्यक्रम पुस्तकालय सचिव गोपाल सिंह आले ज्युले सन्चालन गर्नु भएको थियो ।



कार्यक्रम सन्चालन गर्दै श्री गोपाल सिह आले ज्यु

tflnddf ;d]l6Psf ljifoj:t'x?
s= नेताको प्रकार ।
v= नेतृत्व शैली ।           
ग असल नेताका गुणहरु ।
घ वैकल्पित नेतृत्व ।
ङ असल नेताका खुविहरु ।
च योजना बनाउन सक्ने ।
छ संचार व्यवस्थापन गर्न सक्ने ।

 tflnsf] pknAwL M
s=नेताको प्रकारको बारेमा थाहा भयो ।
v=असल नेताका गुणहरुको बारेमा जानकारी भयो ।
u नेतृत्व गर्ने शैलीको बारेमा थाहा भयो ।
घ अरुको अगाडी कसरी बोल्ने त्यसको बारेमा जानकारी भयो ।

ङ विवाद सामाधान कसरी गर्ने त्यसको बारेमा जानकारी भयो ।



कार्यक्रम उद्दघाटन गर्दै पुस्तकालय अध्यक्ष सुरज के सी ज्यु

तालिममा सहभागिहरु


प्रशिक्षकले प्रशिक्षण गराउदै




तालिममा सहभागि तालिमको बारेमा बोल्दै



प्रमाण पत्र बितरण गर्दै



अन्त्यमा पुस्तकालय अध्यक्ष कार्यक्रम समापन गर्दै