जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रिड नेपालको सहजिकरणमा आज मिति २०७३/४/३० गते देखी २०७३/४/३२ गते सम्म ३ दिने दुग्ध उत्पादन बिकास तालिम सन्चालन भएको छ ।
 |
| तालिमको ब्यानर |
सोहि तालिम कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्यु को अध्यक्षतामा पानसमा बत्ती बालेर सुरुवात गरिएको छ, उक्त कार्यक्रम पुस्तकालय सचिव श्री गोपाल सिह आले ज्युले सन्चालन गर्नु भएको थियो भने सोहि कार्यक्रमका संयोजक श्री मुरलि कृष्ण खनाल ज्यु हुनुहुन्छ ।
 |
| पानसमा बत्ति बाल्दै अध्यक्ष सुरज के.सी. |
 |
| कार्यक्रम सन्चालन गर्दै पुस्तकालय सचिव श्री गोपाल सिंह आले |
 |
| कार्यक्रम संयोजक श्री मुरलि कृष्ण खनाल |
कार्यक्रममा पुस्तकालय सह-सचिव पुस्पा पौडेल ज्यु, पुस्तकालयका निर्माण समितिका सचिब श्री प्रदिप कुमार ज्युले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
तालिम कार्यक्रम जिल्ला पशु चिकित्सक- पशुसेवा केन्द्र 'क' जमुनियाका शोभाकर ज्ञवाली र पशु सेवा प्राबिधिक रामहरि शर्मा ज्युले प्रशिक्षण दिईरहनु भएको छ ।
 |
| तालिमका सहभागिहरु |
No comments:
Post a Comment