Monday, April 3, 2017

कानुनी साक्षरता र महिला शसक्तिकरण तालिम

तालिमको ब्यानर
                                        जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले यहि मिति २०७३/१२/१६ गते देखी २०७३/१२/१८ गते सम्म ३ दिने कानुनि साक्षरता र महिला शशक्तिकरण तालिम पस्तकालत अध्यक्ष श्री सुरज के.सी. ज्यूको अध्यक्षता तथा बर्दघाट नगरपालिका वार्ड नं. १२ र १३ का वडा प्रमुख श्री गणेश कुमार पौडेल ज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न गरेको छ , उक्त तालिममा ३ जना पुरुष सहित ३० जना महिलाहरुको सहभागिता रहेको थियो, जसलाई अधिवक्ता श्री चुरा बहादुर थापा ज्यू, महिला अधिकार कर्मी लक्ष्मी कान्त के.सी ज्यू र मेनुका आचार्य ज्यूले प्रशिक्षण दिनु भएको थियो । तालिममा बिभिन्न महिला समुह तथा आमा समुहहरुलाई आमन्त्रित गरिएको थियो । उक्त तालिमको मुख्य उदेश्य महिलाहरुलाई कानुन सम्बन्ध ज्ञानमुलक जानकारी दिनु र उनिहरुलाई शशक्त बनाउनु रहेको थियो ।

तालिमको उदेश्यहरु M
क= महिलाहरुले महिला शसतिकरण भनेको के हो भन्ने वारेमा बुझ्नेछन् ।
ख= महिलाहरुलाई किन सशतिकरण चाहियो भन्ने बारे जानकारी पाउनेछन् ।
ग= महिला सशतिकरण गर्न के-के गर्नु पर्ने भन्ने वारे जान्ने छन् ।
घ= राजनितिमा महिला माहिलाहरुको अधिकार र त्यसको भुमिका बारे जान्नेछन् ।

ड. कानुनमा महिलाहरुको हक अधिकार बारे थाहा पाउनेछन् ।

तालिमको उपलब्धि M
s=महिला शसतिकरण भनेको के हो ? त्यसको बारेमा जाबनकारी भयो ।
v=राजनितिक मा महिला सहभागिता किन आवश्यक छ थाहा भयो ।
u=कानुनि साक्षरता र महिलाको कानुनमा अधिकार बारे जानकारी भयो ।

3=नागरिकताको किसिम , मौलिक हक, राजनैतिक प्रतिनिधित्वको बारेमा जानकारी भयो ।


















No comments:

Post a Comment