Thursday, September 14, 2017

बाल दिवस कार्यक्रम

कार्यक्रमको ब्यानर

 मिति २०७४/५/२९ गते बाल दिवसको अवसर पारी जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले विधालय स्तरिय नृत्य प्रतियोगिता पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्यूको अध्यक्षता तथा १२ नं. वडा कार्यालयका अध्यक्ष श्री मन बहादुर मल्ल ज्यूको प्रमुख आतिथ्यता र १३ नं. वडा कार्यालयका अध्यक्ष श्री नर बहादुर चौधरी ज्यूको बिशिष्ट आतिथ्यतामा सम्पन्न गरेको छ । जसमा बुद्ध मंगल स्कुलका बिधार्थी प्रथम र नवजागरणका बिधार्थीहरु द्धितिय र तृतिय स्थान ल्याउन सफल भएका छन । 
कार्यक्रम मा अथिती हरु जहदा सामुदायिक केन्द्र का अध्यक्ष कमल किशोर रायमाझी, वडा नं १२ का वडा सदस्य गजेन्द्र गिरी, नव जागरण बोर्डिङ्ग स्कुल का संस्थापक प्रीन्सीपल दिपक बराल, नित्यानन्द रत्न मा बि का शिक्षक श्याम घिमिरे, पुर्ब शिक्षक इन्द्र कमल तिवारी, बुद्धमंगल रेडक्रस उपशखा भटौलिया का सचिब प्रदीप कु चौधरी, वडा नं १२ का समाजिक परिचालक दिलिप गुप्ता एवं रेडियो परासी का प्राबिधिक प्रमुख वसन्त पौडेल लगायत ले कार्यक्रम को सफलता एवं प्रतियोगी हरु लाई शुभकामना दिनु भएको थियो । 


प्रतियोगितामा रास्ट्रिय कलाकार गायक राम श्रेष्ठ, ललित कला मंच केन्द्रिय सदस्य मन ब. गोल्डी तथा नित्यानन्द रत्न मा बि का शिक्षक योगमाया ज्ञवाली निर्णायक रहेका थिए । पुस्तकालय का उपाध्यक्ष जित ब कोहाँर को स्वागत मन्तब्य रहेको कार्यक्रम को संचालन पुस्तकालय का सचिव गोपाल सिं आले ले गर्नुभएको थियो ।
















Sunday, September 10, 2017

शिक्षा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता


मिति २०७४ भाद्र २३ गतेका दिन शिक्षा दिवसको अवसर पारि जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले "साक्षरता अभियानमा पुस्तकालयको भुमिका" बिषयमा वक्तृत्वकला प्रतियोगिता पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्युको अध्यक्षता तथा बर्दघाट नगरपालिका उप-मेयर श्री माया पौडेल ज्यूको प्रमुख आतिथ्यतामा भब्यरुपमा सम्पन्न गरेको छ । जसमा कमल कोईराल ज्यू,गजेन्द्र गिरि ज्यू र जितेन्द्र जैसी ज्यूले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो।
उक्त प्रतियोगितामा नवजागरण ईङलिस स्कुलको बिधार्थी प्रथम, नित्यानन्द मा.बि का बिधार्थी द्धितिय, युनिभर्सल ईङलिसका बिधार्थी तृतिय र जयन्ति प्रा.बिका बिधार्थी सान्त्वना स्थान लिन सफल भएका छन । कार्यक्रम पुस्तकालय सचिव श्री गोपाल सिंह आले ज्युले सन्चालन गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष श्री जित बहादुर कोहार ज्यूले राख्नु भएको थियो भने  बिभिन्न अतिथी ज्यूहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।




















Friday, September 8, 2017

सरसफाई कार्यक्रम

यहि मिति २०७४/५/१७ गतेका दिन मिरमिरे माईक्रो फाईनान्सको आयोजना तथा जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, नेपाल रेडक्रस सोसाईटि,हाट बजार समिति, सन्तोसि माता मन्दिर समिति लगायतको सह-आयोजनामा सरसफाई कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।