| कार्यक्रमको ब्यानर |
मिति २०७४/५/२९ गते बाल दिवसको अवसर पारी जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले विधालय स्तरिय नृत्य प्रतियोगिता पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्यूको अध्यक्षता तथा १२ नं. वडा कार्यालयका अध्यक्ष श्री मन बहादुर मल्ल ज्यूको प्रमुख आतिथ्यता र १३ नं. वडा कार्यालयका अध्यक्ष श्री नर बहादुर चौधरी ज्यूको बिशिष्ट आतिथ्यतामा सम्पन्न गरेको छ । जसमा बुद्ध मंगल स्कुलका बिधार्थी प्रथम र नवजागरणका बिधार्थीहरु द्धितिय र तृतिय स्थान ल्याउन सफल भएका छन ।
कार्यक्रम मा अथिती हरु जहदा सामुदायिक केन्द्र का अध्यक्ष कमल किशोर रायमाझी, वडा नं १२ का वडा सदस्य गजेन्द्र गिरी, नव जागरण बोर्डिङ्ग स्कुल का संस्थापक प्रीन्सीपल दिपक बराल, नित्यानन्द रत्न मा बि का शिक्षक श्याम घिमिरे, पुर्ब शिक्षक इन्द्र कमल तिवारी, बुद्धमंगल रेडक्रस उपशखा भटौलिया का सचिब प्रदीप कु चौधरी, वडा नं १२ का समाजिक परिचालक दिलिप गुप्ता एवं रेडियो परासी का प्राबिधिक प्रमुख वसन्त पौडेल लगायत ले कार्यक्रम को सफलता एवं प्रतियोगी हरु लाई शुभकामना दिनु भएको थियो ।
प्रतियोगितामा रास्ट्रिय कलाकार गायक राम श्रेष्ठ, ललित कला मंच केन्द्रिय सदस्य मन ब. गोल्डी तथा नित्यानन्द रत्न मा बि का शिक्षक योगमाया ज्ञवाली निर्णायक रहेका थिए । पुस्तकालय का उपाध्यक्ष जित ब कोहाँर को स्वागत मन्तब्य रहेको कार्यक्रम को संचालन पुस्तकालय का सचिव गोपाल सिं आले ले गर्नुभएको थियो ।
No comments:
Post a Comment