Sunday, November 10, 2019

पुस्तकालयले किशोरीहरुलाई सूचना प्रविधिमार्फत नेतृत्व विकास र जिवनउपयोगी शिप सिकाउदै

बर्दघाट-१२ मा रहेको जहदा सामुदायिक पुस्तकालयले किशोरीहरुलाई सूचना प्रविधिमा सक्षम बनाउन परियोजना सुरू गरेको छ । रिड नेपाल र आइरेक्सको सहयोगमा किशोरीहरुलाई सूचना प्रविधिमार्फत नेतृत्व विकास र जिवनउपयोगी शिप प्रदान गर्ने उद्देश्यले परियोजना सुरू गरिएको हो ।


पुस्तकालय नजिकका ३ वटा माध्यमिक विद्यालयबाट छनोट भएका ५० जना १४ वर्षदेखि २२ वर्षसम्मका किशोरीहरुलाई तालिम प्रदान गरिनेछ । पहिलो चार महिनामा किशोरीहरुलाई कम्प्युटर तालिमसंगै बोल्न सक्ने कलाको विकास ,भविष्य निर्माणका लागि लक्ष्य निर्माण , नेतृत्व विकास र जीवन उपयोगी सीप सम्बन्धि तालिम प्रदान गरिने रीड नेपालका क्षेत्रीय कार्यक्रम संयोजक राजु चापागाईंले जानकारी दिनुभयो ।


पहिलो चरण अन्तरगत किशोरीहरुलाई १२ देखि १७ हप्तासम्म प्रबिधिका बिषयमा २ घण्टा अभिमुखीकरण र २ घण्टा प्रयोगात्मक कक्षा मार्फत नेतृत्व तथा व्यक्तिगत विकाशसंगै जिवनउपयोगी शिप प्रदान गरिनेछ । यसैगरि दोस्रो चरणमा ५० जना मध्येबाट उत्कृष्ट २४ जनालाई छनौट गरि १२ देखि १७ हप्तासम्म फेरी तालिममा सहभागि गराई उनीहरुलाई समाजमा सामुहिक कार्यमा समेत संलग्न गराईने छ र तेश्रो चरणमा २४ जनामध्येबाट पनि फेरी दुई वा तीनजना उत्कृष्ट किशोरीहरुलाई छनौट गरि काठमाण्डौमा एक हप्ताको विशेष प्रशिक्षण प्रदान गरिने चापागाईले बताउनुभयो ।



कार्यक्रम पुस्तकालय अध्यक्ष सुरज के.सि. ज्युको अध्यक्षता, बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्याल ज्युको प्रमुख आतिथ्यता र उप मेयर माया पौडेल ज्युको बिशिस्ट आतिथ्यता र वडा न. १३ का वडा अध्यक्ष नर बहादुर चौधरी ज्यु लगायत विभिन्न भद्र भलादमिहरुको आतिथ्यताम कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य पुस्तकालय सदस्य प्रदिप कुमार थारुले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन पुस्तकालय सचीव गोपाल सिह आले ज्युले गर्नु भएको थियो ।






















No comments:

Post a Comment