Sunday, January 31, 2016
थप कम्प्युटर कक्षा सन्चालन
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा आज मिति २०७२/१०/१८ गते देखी थप एक समुह कम्प्युटर सिक्दै ।
Monday, January 25, 2016
Tuesday, January 19, 2016
पुस्तकालयको बढ्दो प्रयोग
Sunday, January 10, 2016
केहि कुरा सिक्नको लागि वा जान्नको लागि उमेरले छेक्दैन
"भन्छन केहि कुरा सिक्नको लागि वा जान्नको लागि उमेरले छेक्दैन" हाम्रो जहदा सामुदायिक पुस्तकालयमा पनि एउटा १२ बर्षको बालक लाईब्रेरि सम्म आएर कम्प्युटर सिक्न सफल भएका छन् । उनको क्षमताले जति सक्यो त्यति सम्म सिक्न सफल भएका छन । उनको कथा सुनैा हैत!!!!!
| कम्प्युटरमा रमाउदै गरेको बालक |
नमस्ते मेरो नाम सुदिप कोहार हो । म १२ बर्षको भए, म कक्षा ६ मा पढ्छु । म यो लाईब्रेरि स्थापना भए देखी नै यस लाईब्रेरिमा आएको छु । मलाई यो लाईब्रेरि एक दमै राम्रो लाग्छ । किनभने म खालि समयमा लाईब्रेरिमा आएर बाल कक्षमा रहेको खेलैानाहरु खेलाउछु साथै मैले कम्प्युटर कक्षमा गएर कम्प्युटर पनि सिक्छु । म प्राय स्कुल जान्छु तर मेरो घर देखी लाईब्रेरि नजिक भएको कारण म स्कुल छुट्टि हुने बित्तिकै घर गएर नास्ता गरे पछि लाईब्रेरि जान्छु । अहिले सम्म मैले कम्प्युटरमा Typing गर्न, Painting गर्न जानि सकेको छु । साथै कम्प्युटरमा गित बजाउन र फिल्म हेर्न पनि जान्ने भएको छु । यती मात्र नभई मैले कम्प्युटरमा गेम पनि निकालेर खेल्न जान्ने भएको छु ।
स्कुलमा कम्प्युटर बिषय पढाई त हुन्छ तर खालि किताबमा मात्र कम्प्युटर यस्तो हुन्छ भनेर
देखाउनु हुन्छ र एस्तो गर्नु पर्छ भनेर भन्नु हुन्छ सरहरु......... यसरि पढाउदा मैले केहि कुरा बुझ्दिनथे । खालि किताबमा मात्र कम्प्युटरको बारेमा पढेको थिए तर यस लाईब्रेरिको स्थापना स
गै हामिले किताबमा मात्र नसुनेर हामिले प्रत्यक्ष कम्प्युटर चलाउन पाएका छैा । स्कुलमा त कम्प्युटर यस्तो हुन्छ भनेर कालो पाटिमा मात्र देखेको थिए तर लाईब्रेरिमा कम्प्युटर यस्तो हुन्छ भनेर सुन्न र देख्न मात्र हैन त्यसमा धेरै कुरा सिक्न पनि पाईन्छ । र मैले धेरै कुराहरु जानि पनि सकेको छु । यसको लागि म हाम्रो लाईब्रेरिको लक्ष्मी मिस लाई धन्यवाद दिन चाहान्छु किनभने यो सब कुरा मलाई मिसले नै सिकाउनु भएको हो । साथै यो लाईब्रेरि बनाउन तथा स्थापना गर्न सहयोग गर्ने सस्था रिड नेपाल लाई पनि म धेरै धेरै धन्यबाद दिन चाहान्छु ।
Saturday, January 9, 2016
प्रथम पुस्तकालय दिवस को अवसरमा समिक्षा गोष्ठि कार्यक्रम
| प्रमुख अतिथिबाट दिप प्रजोलित गर्दै । |
जहदा
सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र यहि मिति २०७२/०९/२४ गतेका दिन पुस्तकालयले
एक बर्ष पार गरि दोस्रो बर्षमा प्रवेश गरेको अवसरमा अर्थात प्रथम पुस्तकालय दिवसको
अवसरमा पुस्तकालयले समिक्षा गोष्ठि कार्यक्रम सन्चालन गरेको छ । उक्त कार्यक्रम
जहदा गा.बि.स सचिव श्री गणेश कुमार पौडेल ज्युको प्रमुख आतिथ्य तथा पुस्तकालय
अध्यक्ष श्री सुरज के.सि. को अध्यक्षतामा सम्पन्न भएको थियो । सोहि कार्यक्रममा
बिभिन्न सघ-सस्था, बिद्यालय, क्लब, बाल क्लब, आमा समुह, महिला समुह तथा समाजका
बरिष्ठ ब्यक्तित्वहरु लाई आमन्रित गरिएको थियो । उक्त कार्यक्रममा जम्मा ६८ जनाको
उपश्थिति रहेको थियो जसमा ४० जना महिला र २८ जना पुरुष रहेका थिए । सोहि कार्यक्रम
पुस्तकालयकै सचिव श्री गोपाल सिह आले ज्यु ले सन्चालन गर्नु भएको थियो ।
| पुस्तकालय अध्यक्ष सुरज के.सि. |
पुस्तकालयले पहिलो बर्ष पार गरि दोस्रो बर्षमा प्रबेश गरेको अवसरमा प्रमुख अतिथि गा.बि.स. सचिब श्री गणेश कुमार पौडेल ज्यु द्वारा एक बर्ष पुरा भएकोमा एउटा मैन बालि कार्यक्रमको उद्घाटन गरिएको थियो । भने स्वागत मन्तव्य महिला समितिकि सयोजक श्री पुस्पा पौडेल ज्युले राख्नु भएको थियो । कार्यक्रममा गा.बि.स सचिब गणेश कुमार पौडेल, नेपाल रेडक्रस सो-साईटि बुद्द मगल उप साखा सचिब तथा पुस्तकालय निर्माण समितिका सचिब प्रदिप कुमार थारु, सामजिक परिचालक जहदा गा.बि.स. दिलिप कुमार गुप्ता, खेलकुद तथा सास्कृतिक एकाई अध्यक्ष डि.भि. थापा, नवजागरण ई.स्कुलका प्रिन्सिपल दिपक बराल, लार्क सम्बादाता परियोजना सहजकरता सरिता अधिकारि, वडा नागरिक मन्च जहदा-१ का सयोजक नारायणि बस्याल, वडा नागरिक मन्च जहदा-२ का सयोजक माया पौडेल लगायताले शुभकामना मन्तव्यका साथै पुस्तकालयले गेरका राम्रो कार्यहरु तथा पुस्तकालयले अझ गर्नु पर्ने कुराहरु राख्नु भएको थियो । र अन्त्यमा पुस्तकालयका अध्यक्ष श्री सुरज के.सी ले उक्त कार्यक्रम समापन गर्नु भएको थियो ।
| पुस्तकालय सचिब गोपाल सिह आले |
| कार्यक्रममा सहभागिहरु |
Saturday, January 2, 2016
रणनितिक कार्ययोजना गोष्ठि कार्यक्रम
मिति २०७२/०९/०९ गते देखि २०७२/०९/११ गते सम्म जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा सन्चालित रणनितिक योजना कार्यशाला गोष्ठि तालिमको पहिलो दिनको कार्यक्रम जहदा गा.बि.स का सचिब श्री गणेश कुमार पौडेलको प्रमुख आतिथ्य तथा समितिका अध्यक्ष श्री सुरज के.सीको अध्यक्षतामा सन्चालन गरिएको थियो भने उक्त कार्यक्रम पुस्तकालयका सचिव श्री गोपाल सिह आले ज्युले सन्चालन गर्नु भएको थियो, रणनितिक कार्ययोजना गोष्ठि कार्यक्रममा जम्मा २६ जना सहभागी थिए, जसमा ७ जना माहिला र १९ जना पुरुष सहभागि भएका थिए । ३ दिने उक्त कार्यक्रमलाई पुस्पराज आचार्य ज्यूले सहजिकरण गर्नु भएको थियो। उक्त कार्यक्रममा जहदाका बुद्दिजिवी ब्यक्तित्वहरु लाई आमन्त्रित गरिएको थियो । ३ दिने रणनितिक कार्ययोजना गोष्ठिमा पुस्तकालयका ध्येय, लक्ष्य,उदेश्य तथा बाधाहरु जस्ता बिभिन्न बिषय बस्तुमा छलफल तथा निचोड निकालिएको थियो।
| सहभागिहरु क्रियाकलाप गर्दै |
| प्रशिक्षक पुस्पराज आचार्य प्रक्षिक्षण दिदै |
| गा.बि.स सचिब गणेश कु. पौडेल ज्यूले मन्तब्य दिदै... |
| पुस्तकालय अध्यक्ष श्री सुरज के.सि. मन्तब्य ब्यक्त गर्दै |
Subscribe to:
Comments (Atom)