Saturday, January 9, 2016

प्रथम पुस्तकालय दिवस को अवसरमा समिक्षा गोष्ठि कार्यक्रम

प्रमुख अतिथिबाट दिप प्रजोलित गर्दै ।
    जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र यहि मिति २०७२/०९/२४ गतेका दिन पुस्तकालयले एक बर्ष पार गरि दोस्रो बर्षमा प्रवेश गरेको अवसरमा अर्थात प्रथम पुस्तकालय दिवसको अवसरमा पुस्तकालयले समिक्षा गोष्ठि कार्यक्रम सन्चालन गरेको छ । उक्त कार्यक्रम जहदा गा.बि.स सचिव श्री गणेश कुमार पौडेल ज्युको प्रमुख आतिथ्य तथा पुस्तकालय अध्यक्ष श्री सुरज के.सि. को अध्यक्षतामा सम्पन्न भएको थियो । सोहि कार्यक्रममा बिभिन्न सघ-सस्था, बिद्यालय, क्लब, बाल क्लब, आमा समुह, महिला समुह तथा समाजका बरिष्ठ ब्यक्तित्वहरु लाई आमन्रित गरिएको थियो । उक्त कार्यक्रममा जम्मा ६८ जनाको उपश्थिति रहेको थियो जसमा ४० जना महिला र २८ जना पुरुष रहेका थिए । सोहि कार्यक्रम पुस्तकालयकै सचिव श्री गोपाल सिह आले ज्यु ले सन्चालन गर्नु भएको थियो ।

        

पुस्तकालय अध्यक्ष सुरज के.सि.



      पुस्तकालयले पहिलो बर्ष पार गरि दोस्रो बर्षमा प्रबेश गरेको अवसरमा प्रमुख अतिथि गा.बि.स. सचिब श्री गणेश कुमार पौडेल ज्यु द्वारा एक बर्ष पुरा भएकोमा एउटा मैन बालि कार्यक्रमको उद्घाटन गरिएको थियो । भने स्वागत मन्तव्य महिला समितिकि सयोजक श्री पुस्पा पौडेल ज्युले राख्नु भएको थियो । कार्यक्रममा गा.बि.स सचिब गणेश कुमार पौडेल, नेपाल रेडक्रस सो-साईटि बुद्द मगल उप साखा सचिब तथा पुस्तकालय निर्माण समितिका सचिब प्रदिप कुमार थारु, सामजिक परिचालक जहदा गा.बि.स. दिलिप कुमार गुप्ता, खेलकुद तथा सास्कृतिक एकाई अध्यक्ष डि.भि. थापा, नवजागरण ई.स्कुलका प्रिन्सिपल दिपक बराल, लार्क सम्बादाता परियोजना सहजकरता सरिता अधिकारि, वडा नागरिक मन्च जहदा-१ का सयोजक नारायणि बस्याल, वडा नागरिक मन्च जहदा-२ का सयोजक माया पौडेल लगायताले शुभकामना मन्तव्यका साथै पुस्तकालयले गेरका राम्रो कार्यहरु तथा पुस्तकालयले अझ गर्नु पर्ने कुराहरु राख्नु भएको थियो । र अन्त्यमा पुस्तकालयका अध्यक्ष श्री सुरज के.सी ले उक्त कार्यक्रम समापन गर्नु भएको थियो ।





पुस्तकालय सचिब गोपाल सिह आले














कार्यक्रममा सहभागिहरु


No comments:

Post a Comment