Monday, March 28, 2016
होलि कार्यक्रम २०७२
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, युवा नेतृत्व उप समितिले कोष संचालनका लागि घर दैलो होलि कार्यक्रम गरेको छ । जसमा युवा उप समितिका सदस्य तथा अन्य युवाहरु पनि सहभागि भएका थिए ।उक्त होलि कार्यक्रम बाट युवाहरुले रु.१४,०००/- संकलन गर्न सफल भएको छन् ।
Friday, March 25, 2016
Saturday, March 19, 2016
युवा नेतृत्व उप समितिको बैठक
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा आज मिति २०७२/१२/६ गते का दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका कार्य समिति र युवा नेतृत्व उप समिति को संयुक्त बैठक लाईब्रेरिका अध्यक्ष श्री सुरज के.सी ज्यूको अध्यक्षतामा सम्पन्न गरियो । जसमा कोष संकलनका लागि निम्न कार्यक्रम गर्ने निर्णय गरियो.......
१- चन्दा संकलन कार्यक्रम गर्ने ( निरन्तर)
२- फागु होला कार्यक्रम (बार्षिक एक पटक)
| बैठक मा सहभागि युवाहरु |
३- फुटबल प्रतियोगिता (बार्षिक एक पटक)
४- देउसी/ भैलो कार्यक्रम (बार्षिक एक पटक)
५- तिज गित प्रतियोगिता (बार्षिक एक पटक)
६- चिठ्ठा कार्यक्रम (बार्षिक एक पटक)
७- भित्ते पत्रिकामा बिग्यापन संकलन ( निरन्तर)
र हालसालै होलि खेल्ने निर्णय गरियो,
र अन्त्यमा युवा नेतृत्व उप समितिलाई पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्यूले टी-सर्ट वितरण गर्नु भएको थियो ।
| बैठक मा सहभागि कार्य समिति र युवाहरु |
| रेष्टलेष्ट डेभलभमेन्ट बाट दिईएको टी-सर्ट बितरण गर्दै स्तकालय अध्यक्ष श्री सुरज के.सी |
| रेष्टलेष्ट डेभलभमेन्ट बाट दिईएको टी-सर्ट बितरण गर्दै स्तकालय अध्यक्ष श्री सुरज के.सी |
| अन्त्यमा गु्प्रमा लिएको फोटो । |
Thursday, March 17, 2016
परिक्षाको समय तालिका हेर्दै
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आई सि टी कक्षको सुचना पाटीमा रहेको ११/१२ को परिक्षाको समयतालिका हेर्दै एक युवती.....
Tuesday, March 15, 2016
Thursday, March 10, 2016
कुरा गर्दै बुढी आमा र बाबा
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा रहेको आई सि टी कक्षमा आएर स्काईपमा, अमेरिकामा रहेको छोरी ज्वाई संग कुरा गर्दै बुढी आमा र बाबा ।
Wednesday, March 9, 2016
जिविकोपार्जन सम्बन्धि तालिम कार्यक्रम
![]() |
| तालिमको ब्यानर |
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले
मिति २०७२/११/२० गते देखी २०७२/११/२४ गते ( ५ दिन) सम्म रिड नेपालको सहयोगमा
पुस्तकालयकै भवनमा जिविकोपार्जन सम्बन्धि तालिम सन्चालन गरेको छ । उक्त तालिममा ब्यवसाय
सन्चालक तथा युवा हरुलाई आमन्त्रित गरिएको थियो भने सोहि कार्यक्रममा २० महिला र ११ पुरुष गरि जम्मा ३१ जनाको
सहभागिता रहेको थियो ।
| पुस्तकालय अध्यक्ष श्री सुरज के.सी |
जिविकोपार्जन सम्बन्धि तालिम कार्यक्रमलाई लार्क, डि.पि.सि. संयोजक श्री पुस्पराज आचार्य ज्युले सहजिकरण गर्नु भएको थियो ।
उक्त जिबिकोपार्जन सम्बन्धी तालिम कार्यक्रममा जिविकोपार्जन के हो , दिगो जिविकोपार्जन के हो, दिगो जिविकोपार्जनका उदेश्यहरु, जिविकोपार्जनका सम्पत्तीहरु, ब्यवसाय के हो ? ब्यवसायका किसिम , ब्यबसाय छनौट प्रकिया, सफल उधमिमा हुनु पर्ने गुणहरु , ब्यवसायिक क्षमता बिकास गर्ने उपायहरु, जस्ता बिषयमा छलफल गरिपको थियो भने सहभागिहरुले ब्यवसायिक योजना समेत बनाएर प्रस्तुत गरेका थिए ।
| प्रशिक्षक श्री पुस्पराज आचार्य ज्युले प्रशिक्षण गर्दै । |
| प्रशिक्षक श्री पुस्पराज आचार्य ज्युले प्रशिक्षण गर्दै । |
| सहभागिहरु खेल खेल्दै । |
| सहभागिहरु खेल खेल्दै । |
| सहभागिहरु क्रियाकलाप गर्दै । |
| सहभागिहरु क्रियाकलाप गर्दै । |
| प्रशिक्षक श्री पुस्पराज आचार्य ज्युले प्रशिक्षण गराउदै । |
Thursday, March 3, 2016
जिविकोपार्जन सम्बन्धि तालिम
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा जिविकोपार्जन सम्बन्धि तालिम आज मिति २०७२/११/२० गते सञ्चालन गरिएको छ ।
Subscribe to:
Comments (Atom)

