नमस्ते
मेरो नाम ज्योती थापा हो । हाल म बि.बि.एस प्रथम बर्षमा अध्ययनरत छु । सर्वप्रथम त
म यस जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई म धन्यवाद दिन चाहान्छु
किनभने यो पुस्तकालय यस जहदामा नभएको भए सायद म मा यति धेरै परिवर्तन आउने थिएन
होला, साथै म बिशेष गरेर रेष्टलष्ट डेभलभमेन्टलाई ह्रदय देखी नै धन्यवाद दिन
चाहान्छु, जसले यस जहदा सामुदायिक पुस्तकालयमा युवा हरुको लागि कार्यक्रम ल्यायो र
म पनि त्यसमा सहभागि हुने मौका पाए ।
रेष्टलेष्टबाट
उपलब्ध तालिमहरु लिनु भन्दा पहिला म बोल्न त बोल्थ्य तर धेरै मान्छेको अगाडि गएर
बोल्न डर लाग्थ्यो साथै कुन ठाउमा कसरि बोल्ने भन्ने बारे जानकारि थिएन तर यस
रेष्टलष्ट डेभलभमेन्टले जिवन उपयोगि सिप, नेतृत्व बिकास तालिम जस्ता तालिमबाट मैले
धेरै कुरा जान्ने र सिक्ने मौका पाए, यि तालिमहरु पश्चात म मा भएको डरहरु भाग्यो
साथै कुन ठाउमा कसरि बोल्ने, तालिम सञ्चालन गर्दा के गर्ने के नगर्ने, सहभागिहरुलाई कसरि आफु प्रति ध्यानाकर्ष गराउने भन्ने बारे पनि सबै कुरा सिके
।
यो सबै जहदा सामुदायिक पुस्तकालय र रेष्टलेष्ट
डेभलभमेन्टको देह हो त्यसैले म पुन: जहदा सामुदायिक पुस्तकालय र रेष्टलेष्ट
डेभलभमेन्टलाई मुरि मुरि धन्यवाद दिन चाहान्छु । नमस्ते !!!!!!
Good job
ReplyDeleteKeep it up....
Good job
ReplyDeleteKeep it up....