Tuesday, December 26, 2017

सफलताको कथा (निमा)

नमस्ते मेरो नाम निमा कुमारी थारु हो । मेरो घर बर्दघाट नगरपालिका वार्ड नं.१२ मा पर्दछ, म बिस बर्षको भए । मेरो परिवारमा आमा,बाबा,दाजु भाउजु र म गरी जम्मा ५ जना रहेको छम । म रेष्टलेष्ट डेभलपमेन्टको आर्थिक सहयोगमा जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले सन्चालन गरेको व्यवसायिक तालिममा सहभागि भएको थिए । जसमा मैले गुडिया र बुटिक बनाउने तालिम लियको थिए । तालिम पश्चात हाल आएर मैले आफ्नै व्यवसाय सुरु गरेको छु । मैले गुडिया र बुटिकको पसल खोलेको छु । रेष्टलेष्ट डेभलपमेन्टले दिएको यो सहयोगले म आज आफ्नो खुट्टामा उभिएर केहि गर्न सक्ने भएको छु त्यसको लागि मा रेष्टलेष्ट डेभलपमेन्टलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।

मैले रेष्टलेष्ट डेभलपमेन्टको बारेमा सर्बप्रथम लाईब्रेरीमा गएर लाईब्रेरीको मिसहरु बाट थाहा पायको थिए । यसले हामि जास्तो युवाहरुको लागि काम गर्ने गर्दो रहेछ । मैले यो व्यवसायीक तालिम लिए पश्चात पसल खोल्न थोरै ढिला भयो किन भने मेरो घरको आर्थिक अवश्था खासै राम्रो थिएन । मैले घर परिवार संग सल्लाह गरेर यसको फाईदाहरुको बारेमा भने पश्चात मलाई मेरो परिवारले पनि साथ दिनु भयो र मैले पसल खोल्न सफल भए ।
मलाई यो पसल खोल्न २ लाख जति लगानि लागेको छ । पसल खोल्न मैले कतै बाट पनि ऋण लिनु परेन । मेरो दाई कतारमा बैदेशिक रोजगारिको लागि जानु भएको छ उहाले नै आर्थिक सहयोग गर्नु भएको हो । र हालै म्यादि प्रहरीमा म गयको थिए त्यसबाट कमाएको मेरो पैसा पनि मैले यो पसलको लागि लागानि गरेको छु । मैले यो पसल खोलेको भर्खर १ महिना भयो । १ महिना मा राम्रै कमाई भएको छ । खर्च कटाएर कम्तिमा १० हजार जति कमाई भएको छ ।
मैले पसल खोले लगतै समाज साथि भाईहरुको म प्रती हेर्ने दृश्टिकोण नै फरक भएको छ । सबैले सम्मान दिएर बोल्नु हुन्छ । सबैले राम्रो गरिस निमा भनेर स्याबास दिनु हुन्छ, यति सानो उमेरमा आफ्नो व्यवसाय गरिछेउ भनेर मान बढाई दिनु हुन्छ । खुसि लाग्छ यो सुनेर र अझै प्रगति गर्न मन लाग्छ यो सबै रेष्टलेष्ट डेभलपमेन्टको उपज हो त्यसैले म रेष्टलेष्ट डेभलपमेन्टलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।
मैले १२ कक्षा सम्म अध्ययन गरेको छु । म पढाई सकेर खालि बसेको थिए, दिन काट्न पनि गारो भई रहेको थियो । मलाई बुटिक र गुडिया सिक्न पहिला देखि नै मन थियो तर पारिवारिक स्थितिको कारण सकेको थिएन त्यसैमा मैले जहदा समुदायिक पुस्तकालयमा व्यसायिक तालिमको बारेमा सुने र लाईब्रेरिमा गएर फारम भरे र तालिमको लागि म पनि छनोट भए म बुटिक र गुडिया तालिम लिगे ।
पहिला दुई/चार पैसाको लागि पनि मंमि बाबा संग माग्नु परथ्यो । तर अहिले आफ्नो सबै आवश्यक्ताहरु म आफै पुरा गर्न सक्ने भइको छु । साथै  घरपरिवारलाई पनि आर्थीक सहयोग गर्न सक्ने भएको छु । जसकारण म एक दम खुसि छु ।
मैले यो पसललाई अझ ठुलो गराउने सोचमा छु । अहिले आफै गुडिया र बुटिक गरेर बेच्ने गरेको छु । यस्का साथ-साथै सिक्न ईच्छुकहरुलाई तालिम दिने पनि छु। साथै सिलाई कटाई पनि सिकेर यसैमा गाबेर व्यवसाय गर्ने सोचमा छु । समयले साथ दिए चाडै यो पनि गर्ने छु । म आज जहा छु जे छु रेष्टलेष्ट डेभलपमेन्टकै कारण छु त्यसैले म आफुलाई पनि रेष्टलेष्ट डेभलपमेन्टको सहकर्मी भन्न रुचाउछु ।


नमस्ते म निमाको मंमी आज छोरीले सिप सिकेर आफ्नो खुट्टामा उभिन सक्ने भएकि छिन मलाई साह्रै खुसि लागेको छ । सबैलाई आफ्नो छोरा छोरिले केहि गरुन भन्ने हुन्छ आज मेरि छोरीले गरेकि छिन म साह्रै खुसि छु । म रेष्टलेष्ट डेभलपमेन्ट र जहदा सामुदायिक पुस्तकालयलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु जसको कारण मेरि छोरिले केहि गर्न सक्ने भएकि छिन । यस्ता कार्यक्रमहरु आगामि दिनमा पनि ल्याउनु पर्छ लाईब्रेरीले जसले गर्दा बिपन्न बर्गका छोरा छोरी हरु पनि आफ्नो जिवनमा केहि गर्न सक्ने भउन । लाईब्रेरी यस ठाउमा स्थापना भएपछि हाम्रो समाजका धेरै युवा तथा समाजका हरेक व्यक्तिले धेरै कुरा हरु सिक्ने र गर्ने गरेका छन । पुन: म रेष्टलेष्ट डेभलपमेन्ट र जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई मुरि मुरि धन्यवाद दिन चाहान्छु ।

बुटिक तालिम

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा  जिविकोपार्जन सम्बन्धि बुटिक तालीम पुस्तकालय अध्यक्ष श्री सुरज के सि ज्युको अध्यक्षता तथा १२ न. वडा अध्यक्ष श्री मान बा.मल्ल ज्युको प्रमुख आतिथ्यतामा सन्चालन...












Friday, November 10, 2017

Motivational Seminar and Career Guidance Programme

मिति २०७४/७/२४ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रेष्टलेष्ट डेभलपमेन्टको सहयोगमा १ दिने Motivational Seminar and Career Guidance कार्यक्रम पुस्तकालय अध्यक्ष ज्यूको अध्यक्षतामा सम्पन्न गरेको छ । जुन कार्यक्रम नि.र.कु.मा.बि.का बिधार्थीहरु माझ सम्पन्न गरिएको छ ।















Monday, October 30, 2017

सहयोग

बर्दधाट- १३ धनेवा निवासी श्री तिलक कुवँर ज्यूले जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई ४ प्रति उपन्यास र २ प्रति हास्यब्यङ्गको संगालो प्रदान गर्नु भएको छ ।



Sunday, October 29, 2017

frist भएको नृत्य ( बाल दिवस कार्यक्रम)

पुस्तकालय अवलोकन

मिति २०७४/६/३१ गतेका दिन नि.र.कु.मा.बि. का पुर्व स‌ंस्थापक शिक्षक साथै अन्नपुर्ण बहुमुखि क्याम्पस चितवनका पुर्व Chif श्री #मिन_अधिकारी ज्यूले जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको अवलोकन गर्दै पुस्तकालय लाई यथासक्य सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ । उहालाई पुस्तकालयको तर्फबाट धेरै धेरै धन्यवाद !



Thursday, September 14, 2017

बाल दिवस कार्यक्रम

कार्यक्रमको ब्यानर

 मिति २०७४/५/२९ गते बाल दिवसको अवसर पारी जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले विधालय स्तरिय नृत्य प्रतियोगिता पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्यूको अध्यक्षता तथा १२ नं. वडा कार्यालयका अध्यक्ष श्री मन बहादुर मल्ल ज्यूको प्रमुख आतिथ्यता र १३ नं. वडा कार्यालयका अध्यक्ष श्री नर बहादुर चौधरी ज्यूको बिशिष्ट आतिथ्यतामा सम्पन्न गरेको छ । जसमा बुद्ध मंगल स्कुलका बिधार्थी प्रथम र नवजागरणका बिधार्थीहरु द्धितिय र तृतिय स्थान ल्याउन सफल भएका छन । 
कार्यक्रम मा अथिती हरु जहदा सामुदायिक केन्द्र का अध्यक्ष कमल किशोर रायमाझी, वडा नं १२ का वडा सदस्य गजेन्द्र गिरी, नव जागरण बोर्डिङ्ग स्कुल का संस्थापक प्रीन्सीपल दिपक बराल, नित्यानन्द रत्न मा बि का शिक्षक श्याम घिमिरे, पुर्ब शिक्षक इन्द्र कमल तिवारी, बुद्धमंगल रेडक्रस उपशखा भटौलिया का सचिब प्रदीप कु चौधरी, वडा नं १२ का समाजिक परिचालक दिलिप गुप्ता एवं रेडियो परासी का प्राबिधिक प्रमुख वसन्त पौडेल लगायत ले कार्यक्रम को सफलता एवं प्रतियोगी हरु लाई शुभकामना दिनु भएको थियो । 


प्रतियोगितामा रास्ट्रिय कलाकार गायक राम श्रेष्ठ, ललित कला मंच केन्द्रिय सदस्य मन ब. गोल्डी तथा नित्यानन्द रत्न मा बि का शिक्षक योगमाया ज्ञवाली निर्णायक रहेका थिए । पुस्तकालय का उपाध्यक्ष जित ब कोहाँर को स्वागत मन्तब्य रहेको कार्यक्रम को संचालन पुस्तकालय का सचिव गोपाल सिं आले ले गर्नुभएको थियो ।