मैले रेष्टलेष्ट
डेभलपमेन्टको बारेमा सर्बप्रथम लाईब्रेरीमा गएर लाईब्रेरीको मिसहरु बाट थाहा पायको
थिए । यसले हामि जास्तो युवाहरुको लागि काम गर्ने गर्दो रहेछ । मैले यो व्यवसायीक
तालिम लिए पश्चात पसल खोल्न थोरै ढिला भयो किन भने मेरो घरको आर्थिक अवश्था खासै
राम्रो थिएन । मैले घर परिवार संग सल्लाह गरेर यसको फाईदाहरुको बारेमा भने पश्चात
मलाई मेरो परिवारले पनि साथ दिनु भयो र मैले पसल खोल्न सफल भए ।
मलाई
यो पसल खोल्न २ लाख जति लगानि लागेको छ । पसल खोल्न मैले कतै बाट पनि ऋण लिनु परेन
। मेरो दाई कतारमा बैदेशिक रोजगारिको लागि जानु भएको छ उहाले नै आर्थिक सहयोग
गर्नु भएको हो । र हालै म्यादि प्रहरीमा म गयको थिए त्यसबाट कमाएको मेरो पैसा पनि
मैले यो पसलको लागि लागानि गरेको छु । मैले यो पसल खोलेको भर्खर १ महिना भयो । १
महिना मा राम्रै कमाई भएको छ । खर्च कटाएर कम्तिमा १० हजार जति कमाई भएको छ ।
मैले पसल खोले लगतै
समाज साथि भाईहरुको म प्रती हेर्ने दृश्टिकोण नै फरक भएको छ । सबैले सम्मान दिएर
बोल्नु हुन्छ । सबैले राम्रो गरिस निमा भनेर स्याबास दिनु हुन्छ, यति सानो उमेरमा
आफ्नो व्यवसाय गरिछेउ भनेर मान बढाई दिनु हुन्छ । खुसि लाग्छ यो सुनेर र अझै
प्रगति गर्न मन लाग्छ यो सबै रेष्टलेष्ट डेभलपमेन्टको उपज हो त्यसैले म रेष्टलेष्ट
डेभलपमेन्टलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु ।
पहिला दुई/चार
पैसाको लागि पनि मंमि बाबा संग माग्नु परथ्यो । तर अहिले आफ्नो सबै आवश्यक्ताहरु म
आफै पुरा गर्न सक्ने भइको छु । साथै
घरपरिवारलाई पनि आर्थीक सहयोग गर्न सक्ने भएको छु । जसकारण म एक दम खुसि छु
।
मैले यो पसललाई अझ
ठुलो गराउने सोचमा छु । अहिले आफै गुडिया र बुटिक गरेर बेच्ने गरेको छु । यस्का
साथ-साथै सिक्न ईच्छुकहरुलाई तालिम दिने पनि छु। साथै सिलाई कटाई पनि सिकेर यसैमा
गाबेर व्यवसाय गर्ने सोचमा छु । समयले साथ दिए चाडै यो पनि गर्ने छु । म आज जहा छु
जे छु रेष्टलेष्ट डेभलपमेन्टकै कारण छु त्यसैले म आफुलाई पनि रेष्टलेष्ट
डेभलपमेन्टको सहकर्मी भन्न रुचाउछु ।
नमस्ते म निमाको
मंमी आज छोरीले सिप सिकेर आफ्नो खुट्टामा उभिन सक्ने भएकि छिन मलाई साह्रै खुसि
लागेको छ । सबैलाई आफ्नो छोरा छोरिले केहि गरुन भन्ने हुन्छ आज मेरि छोरीले गरेकि
छिन म साह्रै खुसि छु । म रेष्टलेष्ट डेभलपमेन्ट र जहदा सामुदायिक पुस्तकालयलाई
धेरै धेरै धन्यवाद दिन चाहान्छु जसको कारण मेरि छोरिले केहि गर्न सक्ने भएकि छिन ।
यस्ता कार्यक्रमहरु आगामि दिनमा पनि ल्याउनु पर्छ लाईब्रेरीले जसले गर्दा बिपन्न
बर्गका छोरा छोरी हरु पनि आफ्नो जिवनमा केहि गर्न सक्ने भउन । लाईब्रेरी यस ठाउमा
स्थापना भएपछि हाम्रो समाजका धेरै युवा तथा समाजका हरेक व्यक्तिले धेरै कुरा हरु
सिक्ने र गर्ने गरेका छन । पुन: म रेष्टलेष्ट डेभलपमेन्ट र जहदा सामुदायिक
पुस्तकालय तथा स्रोत केन्द्रलाई मुरि मुरि धन्यवाद दिन चाहान्छु ।
No comments:
Post a Comment