लक्ष्मी धिताङ्ग
बर्दघाट-१३ धनेवा !
हरेक मानिस, जिव जन्तु, पशु पंछि, बोटबिरुवा हरेकको आ-आफ्नै सिकाई हुन्छ । कसैले पढेर सिकेको हुन्छ त कसैले लेखेर, कसैले सुनेर सिकेको हुन्छ त कसैले देखेर ! त्यसैले हरेक प्राणीको सिक्ने कला फरक फरक हुन्छ र सिकाई पनि फरक फरक ! बालबालिकाहरु जिज्ञासु स्वभाबका हुन्छन् उनिहरु धेरै कुरामा जिज्ञासा रहेको हुन्छ र हरेक किसिमको जिज्ञासाको समाधानको खोजिमा रहेका हुन्छन, त्यसता कयौ जिज्ञासाको समाधान पुस्तकालयको बाल कक्षबाट समाधान हुन्छन र नया नया कुरा सिक्दछन ।
त्यस्तै सिक्ने अवसर दिने मध्य एक जहदा सामुदयिक पुस्तकालय तथा स्रोत केन्द्र पनि पर्दछ । जहा बालबालिकाहरु आएर पढ्न जान्नेले पढेर सिकेका हुन्छन त पढ्न नजान्ने बालबालिका चित्र हेरेर र खेलौनाको माध्यम बाट सिकाई सिकि रहेका हुन्छन् ।
पुस्तकालयको माध्यम बाट यहा सम्मका बालबालिकालाई सहयोग भएको छ कि जो निम्न आय यानि गरिव परिवारमा रहेका छन जो एउटा सानो बल(खेलौना) पनि किनेर दिन नसक्ने पारिवार बाट छन्, तर पुस्तकालयले ति निम्न आय भएका परिवारका बालबालिकालाई बिभिन्न खेलौना जो उनिहरु पर बाट मात्र देख्न सक्दथे ति बालबालिका हरु अहिले पुस्तकालयको बाल कक्षमा आनन्दले बसेर रमाईलो गर्दै खेल्न पाएका छन । र सिक्न पनि पाएका छन् ।
































