Tuesday, January 30, 2018

सहिद दिवस भव्य रुपमा सम्पन्न

        जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले यहि मिति २०७४/१०/१६ गते अर्थात सहिद दिवसको अवसर पारी कवि गोष्ठी कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्युको अध्यक्षता तथा नेपाल मानव अधिकार संगठनका केन्दिय सदस्य श्री कैलाश ठाकुर ज्युको प्रमुख अतिथ्यता र बर्दघाट नगरपालिका १२ का वडा वडा अध्यक्ष श्री मान बा. मल्ल ज्यु र बर्दघाट नगरपालिका १३ का वडा वडा अध्यक्ष श्री नरबहादुर चौधरी ज्युको बिशिष्ट आतिथ्यतामा भब्य रुपमा सम्पन्न गरेको छ । कार्यक्रम पुस्तकालय सचिव श्री गोपाल सिहं आले ज्यूले सन्चालन गर्नु भएको थियो । भने कार्यक्रममा स्वागत मन्तव्य पुस्तकालय निर्माण समितिका सचिव श्री प्रदिप कुमार थारु ज्यूले राख्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय कलाकार र स्थानिय कलाकार (कवि) हरुलाई आमन्त्रित गरिएको थियो ।
जसमा रामहरि अधिकारी (साहित्यकार) कविता
राम श्रेष्ठ (गायक) गिति गायन
बल बहादुर थापा (लोक तथा दोहोरी गित प्रतिष्ठान न.प. सदस्य) लोक गित र कविता
बिनोद चौधरी  (कवि) कविता, मुक्तक र हाईकु
आरति सुनार ( साहित्य प्रेमी) कविता, मुक्तक
दिपक बराल (कवि, साहित्यकार) कविता
कृष्ण प्रसाद उपाध्याय (साहित्य प्रेमी) कविता
केशव राज चौधरी (भोजपुरि गायक) भोजपुरि गित
ज्ञानेन्द्र बराल ( साहित्यकार) कविता, गजल
कृष्ण पौडेल काउकुति (राष्ट्रिय हास्य कालाकार) नाटक
ईन्द्र कमल तिवारी (साहित्य प्रेमी, पुर्व प्राचार्य) गित
पोष चन्द्र देवकोटा ( साहित्यकार) कविता बाचन गर्नु भएको थियो ।























Thursday, January 25, 2018

परिवार नियोजन सम्बन्धि कार्यक्रम

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा मिति २०७४/१०/१२ गतेका दिन  पुस्तकालय अध्यक्ष श्री सुरज के सि द्धारा परिवार नियोजन सम्बन्धि कार्यक्रम सन्चालन भएको छ, जसमा नवजागरण बिधालयका प्र.अ. ज्यु सहित १५ जना बिद्यार्थीहरु सामेल भएका थिए ।





Wednesday, January 24, 2018

सरस्वति पुजा

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा बसन्त पन्चमिका दिन सरस्वति माताको पुजा गरि मनाईयो ।











Tuesday, January 23, 2018

दुई बालक स्कईपमा कुरा गर्दै

बिदेशमा रहनु भएको आफ्नो मंमी सँग  स्कईपमा कुरा गर्दै दुई बालकरु :-






किशोरी मैत्रीपुर्ण फुटबल प्रतियोगिता

जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समिति भटौलिया नवलपरासीले मिति २०७४/०७/२९ गते  किशोरी मैत्रीपुर्ण फुटबल प्रतियोगिता सन्चालन गरेको तस्बिरहरु :-









Friday, January 19, 2018

तेस्रो पुस्तकालय स्थापना दिवस

जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले मिति २०७४/०९/२४ गतेका दिन पुस्तकालयले तेस्रो बर्ष पुरा गरि चौथो बर्षमा प्रवेश गरेको सु-अवसरमा यानिकि  तेस्रो पुस्तकालय स्थापना दिवस पारि समिक्षा गोष्ठी कार्यक्रम पुस्तकालय अध्यक्ष सुरज के.सी ज्यूको अध्यक्षतामा र वडा नं. १३ का वडा अध्यक्ष श्री नर वहादुर चौधरी ज्यूको प्रमुख आतिथ्यता तथा १२ नं. वडाका वडा अध्यक्ष श्री मान बा. मल्ल ज्यूको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रम पुस्तकालय सचिव गोपाल सिह आले ज्यूले सन्चालन गर्नु भएको थियो ।