Saturday, September 28, 2019

छलफल कार्यक्रम

आज मिति २०७६/०६/११ गतेका दिन  जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा सन्चालित TAG परियोजना सम्बन्धि विषयमा रिड ग्लोबल, रिड नेपाल, पुस्तकालय ब्यवस्थापन  समिती, वडा अध्यक्ष ज्युहरु, ट्याग उपसमिति , ट्याग सहभागी छनौट समिती र मेन्टर सहितको छलफल कार्यक्रम सम्पन्न भएको छ ।
छलफलमा TAG परियोजनामा बिधार्थीहरुको छोड्न सक्ने सम्बभावनालाई कसरी रोक्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको थियो ।










Tuesday, September 24, 2019

गर्भवती परिक्षण

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा प्रतेक महिना जस्तै यस महिना असोज ७ गते पनि गर्भवती परिक्षण हुदै ।





Monday, September 23, 2019

परिक्षाको कपि जाँच सम्पन्न

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा TAG (Tech Age Girls) परियोजना अन्तर्गत सहभागी छ्नोटका लागि लिएको परिक्षाको कपि जाँच कार्यक्रम पुस्तकालय ब्यवस्थापन समिती, TAG परियोजना उप-समिति र छनोट समितिको उपस्थितिमा सम्पन्न भएको छ ।'

नतिजा प्रकाशन असोजको १० गते प्रकाशन गरिनेछ ।







भिडियो डकुमेन्ट्रि प्रदर्सन

FTS र रिड नेपालको सहयोग तथा जहदा सामुदायिक पुस्तकालय द्वारा सन्चालित मानव बेचबिखन ओसारपसार तथा आधुनिक दासत्व विरुद्धको सचेतनात्मक कार्यक्रम अन्तर्गत सचेतना मुलक भिडियो डकुमेन्ट्रि प्रदर्सन कार्यक्रम बर्दघाट १२ बर्गदहि टोल स्थित प्रगति महिला समुहका सदस्यहरु बिच मिति २०७६/०६/०३ गते सम्पन्न भयो ।।








मासिक मञ्जरी भित्ते पत्रिका

Fts र रिड नेपाल को सहयोग तथा जहदा सामुदयिक पुस्तकालय द्वारा आयोजित मानव बेचविखन आोसार पसार तथा आधुनिक दासत्व विरुद्ध सचेतनात्मक कार्यक्रम अन्तर्गत मासिक मञ्जरी भित्ते पत्रिका को चौथो अङ्क प्रकाशित ।।









Saturday, September 21, 2019

लिखित परिक्षा सम्पन्न !

 मिति २०७६/०६/०४ गतेका दिन जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा TAG (Tech Age Girl) परियोजना को लागी सहभागी छनोटका लागी लिखित परिक्षा सम्पन्न भएको छ, जसमा ५५ जना किशोरीहरुको सहभागिता रहेको थियो ।











सहभागी छनौट प्रक्रिया सम्बन्धि छलफल

जहदा सामुदायिक पुस्तकालय मार्फत संचालन हुन गैरहेको TAG परियोजनाको लागि सहभागी छनौट प्रक्रिया सम्बन्धि छलफल हुँदै ।






भिडियो डकुमेन्ट्रि प्रदर्शन

FTS र रिड नेपालको सहयोग तथा जहदा सामुदायिक पुस्तकालय द्वारा सन्चालित "मानव बेचविखन ओसारपसार तथा आधुनिक दासत्व विरुद्ध सचेतनात्मक कार्यक्रम" अन्तर्गत जनचेतनामुलक भिडियो डकुमेन्ट्रि प्रदर्सन कार्यक्रम बर्दघाट १२ जहदा स्थित ज्योति महिला समुहमा मिती २०७६/०५/२५ गते सम्पन्न भयो ।।





सुचना पढ्दै किशोरीहरु

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र द्वारा सन्चालन हुन गैरहेको Tag परियोजना का लागि आवेदन सम्बन्धि सुचना पढ्दै किसोरी विधार्थीहरू ।।