Thursday, September 29, 2016

अन्तरक्रियात्मक गोष्ठी

किशोरी खेलकुद तालिम

जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले  १० दिने किशोरी  खेलकुद  तालिम सम्पन्न गरेको छ ।










Friday, September 23, 2016

मोटिभेसन सेमिनार र करियर गाईडेन्स

              मिति २०७३/५/७ गतेका दिन जहदा समुदायिक पुस्तकालय तथा स्रोत केन्द्र युवा नेतृत्व उप समितिले रेष्टलेष्ट डेभलपमेन्टको सहजिकरणमा  Motivational Seminar and Carrer Guidence कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सीको अध्यक्षतमा सम्पन्न गरेको छ, उक्त कार्यक्रमका सहजकर्ता श्री राजु शर्मा ज्यू हुनुहुन्थ्यो । सोहि कार्यक्रममा ४४ जना महिला र ३१ जना पुरुष गरि जम्म ७५ जना को सहभागिता रहेको थियो ।















Saturday, September 17, 2016

बाल दिवसको अवसरमा हाजिरि जवाफ प्रतियोगिता कार्यक्रम

कार्यक्रमको ब्यानर
        जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले यहि मिति २०७३/०५/२९ गतेका दिन बाल दिवसको अवसर पारी बिधालय स्तरिय नि.मा.बि. तहको हाजिरि जवाफ प्रतियोगिता कार्यक्रम गरी बाल दिवस भव्य रुपमा मानएको छ । उक्त कार्यक्रममा जहदा गा.बि.स. का सम्पुर्ण निजि तथा सरकारी बिधालयहरु लाई आमन्त्रित गरिएको थियो । कार्यक्रममा ९ वटा बिधालय र १ वटा बाल क्लब गरि जम्मा १० वटा टिमको सहभागिता रहेको थियो । सोहि कार्यक्रम पुस्तकालय अध्यक्ष सुरज के.सी ज्युको अध्यक्षता तथा गा.बि.स. सचिव गणेश कुमार पौडेल ज्युको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । जसमा नवजागरण ईङ्लिस स्कुलका बिधार्थी प्रथम, युनिभर्सल स्कुलका बिधार्थी दोस्रो भएका थिए भने ज्ञान कुन्ज स्कुलका बिधार्थी तेस्रो भएका थिए यस कार्यक्रमको उदेश्य बालबालिका हरुको बौद्दिक स्तरमा बृद्दि गर्नुका साथै पढ्ने बानिको बिकास गराउनु रहेको थियो ।


कार्यक्रम सन्चालन गर्दै 

दिप प्रज्जोलित गर्दै प्रमुख अतिथी तथा अध्यक्ष

प्रतियोगितामा सहभागि बिधार्थीहरु


नम्बर सुनाउदै स्कोरर

समुह छलफल गर्दै बिधार्थीहरु 





समुह छलफल गर्दै बिधार्थीहरु 



तेस्रो हुने बिधार्थीहरु
दोस्रो हुने बिधार्थीहरु

प्रथम हुने बिधार्थीहरु

Thursday, September 15, 2016

च्याउ खेती तालिम


तालिमको ब्यानर
             जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले यहि मिति २०७३/५/२६ गते देखी २०७३/५/२८ गते सम्म ३ दिने च्याउ खेति तालिम सम्पन्न गरेको छ सोहि तालिम कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी ज्यु को अध्यक्षतामा पानसमा बत्ती बालेर सुरुवात गरिएको थियो, उक्त कार्यक्रम पुस्तकालय सचिव श्री गोपाल सिह आले ज्युले सन्चालन गर्नु भएको थियो भने सोहि कार्यक्रमका संयोजक श्री जित बहादुर कोहार ज्यु हुनुहुन्छ । तालिम कार्यक्रम जिल्ला कृषि बिकास कार्यालय परासिका सुरेन्द्र कुमार सिंह र  प्राबिधिक सहायक जे.टी सम्पर्क स्थल जहदाका श्री महादेव चौधरी ज्युले प्रशिक्षण दिनु भएको थियो सोहि च्याउ खेति तालिममा २ जना पुरुष र ४० जना महिला गरि जम्मा ४२ जनाको सहभगिता रहेको थियो । यस तालिमको मुख्य उदेश्य व्यावसायिक रुपमा च्याउ खेति गरी आय आर्जनको स्रोत स्रिजना गर्न, च्याउ खेति गरि परिवारको स्थिति सुधार्न र महिलाहरुलाई आत्म निर्भर बनाउनु रहेको थियो ।  सोहि तालिममा सहभगिहरु लाई अन्त्यमा एक/एक पोका च्याउको बिउ तथा पलास्टिक पनि प्रदान गरिएको थियो ।
दिप प्रज्वलित गर्दै पुस्तकालय अध्यक्ष

 tflnddf ;d]l6Psf d'ne't ljifoj:t'M
s‍‍ गोव्रे च्याउको लागि व्याडको तयारी ।
v गोव्रे च्याउको लागी आवश्यक सामाग्रि ।
कम्पोष्ट मल तयार भए नभएको जाच्ने तरीका ।
प्रशिक्षण दिदै प्रशिक्षक


सहभागिहरु
प्रयोगात्मक गर्दै





बिउ तथा पराल राख्ने तरिका सिकाउदै प्रशिक्षक



तालिमको बारेमा बोल्दै सहभागि 

प्रमाणपत्र   तथा च्याउको बिउ बितरण गर्दै 

कार्यक्रम समापन गर्दै अध्यक्ष ज्यू

तालिमको अन्त्यमा लिईएको ग्रुप फोटो