Friday, September 9, 2016

साक्षरता दिवसको अवसरमा अन्तरक्रियात्मक गोष्ठी कार्यक्रम



कार्यक्रमको ब्यानर
कार्यक्रममा बोल्दै  गा.बि.स. सचिब ज्यु
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले मिति २०७३/५/२३ गतेका दिन साक्षरता दिवसको अवसरमा पुस्तकालयमा साक्षरता अभियानमा पुस्तकालयको भुमिका नामक बिषयमा अन्तरक्रियात्मक गोष्ठी कार्यक्रम पुस्तकालय अध्यक्ष सुरज के.सि. को अध्यक्षतामा तथा जहदा गा.बि. स. सचिब गणेश कुमार पौडेल ज्युको प्रमुख आतिथ्यतामा दिप प्रज्वलित गरेर सम्पन्न भएको छ । अन्तरक्रियात्मक गोष्ठी कार्यक्रममा जहदा गा.बि.स.का शिक्षक तथा समाजसेवि ज्युहरुलाई आमन्त्रित गरिएको थियो । कार्यक्रममा पुस्तकालय उपाध्यक्ष श्री जित बहादुर कोहार, नेपाल जनजाति महासंघकाका अध्यक्ष श्री प्रदिप कुमार थारु, जहदा गा.बि.स. परिचालक दिलिप कुमार गुप्ता ज्युले शुभकामना मन्तब्य राख्नुभएको थियो भने कार्यक्रममा युवा सन्जालका अध्यक्ष डि.बि थापा, नवजागरण बिधालयका प्राचार्य दिपक बराल, जहदा सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष कमल किशोर रायमाझी र जहदा स्वास्थ्य चौकिका ईन्चार्ज कृष्णहरि पौडेल ज्यूहरुले साक्षरता अभियानमा पुस्तकालयको भुमिका नामक बिषयमा चर्चा पारि चर्चा गर्नु भएको थियो । साथै बिच बिचमा साहित्य प्रेमि बिनेद चौधरि ज्युले कबिता र युवा गायक राम श्रेष्ठ ज्युले गित गाएर मनोरन्जन गारउनु भएको थियो, सोहि कार्यक्रममा ५० जनाको साहभागिता रहेको थियो । कार्यक्रम पुस्तकालय सचिव गोपाल सिंह आले ज्यूले सन्चालन गर्नु भएको थियो ।
स्वास्थ्य चौकिका ईन्चार्ज कृष्णहरि पौडेल ज्यू बोल्दै



कार्यक्रममा सहभागुहरु



दिप प्रज्योलित गर्दै गा.बि.स. सचिब ज्यू

दिप प्रज्योलित गर्दै गा.बि.स. सचिब ज्यू


शुभकामना मन्तब्य दिदै दिलिप कुमार गुप्ता ज्यू

कार्यक्रम सन्चालन गर्दै पुस्तकालय सचिव गोपाल आले ज्यु


कार्यक्रममा बोल्दै पुस्तकालय सदस्य मुरलि कृष्ण खनाल ज्यू

कार्यक्रममा बोल्दै पुस्तकालय अध्यक्ष सुरज के.सी ज्यू

No comments:

Post a Comment