| कार्यक्रमको ब्यानर |
जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले यहि मिति २०७३/०५/२९ गतेका दिन
बाल दिवसको अवसर पारी बिधालय स्तरिय नि.मा.बि. तहको हाजिरि जवाफ प्रतियोगिता
कार्यक्रम गरी बाल दिवस भव्य रुपमा मानएको छ । उक्त कार्यक्रममा जहदा गा.बि.स. का
सम्पुर्ण निजि तथा सरकारी बिधालयहरु लाई आमन्त्रित गरिएको थियो । कार्यक्रममा ९
वटा बिधालय र १ वटा बाल क्लब गरि जम्मा १० वटा टिमको सहभागिता रहेको थियो । सोहि कार्यक्रम पुस्तकालय अध्यक्ष सुरज के.सी ज्युको अध्यक्षता तथा गा.बि.स.
सचिव गणेश कुमार पौडेल ज्युको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । जसमा नवजागरण ईङ्लिस स्कुलका बिधार्थी प्रथम, युनिभर्सल स्कुलका बिधार्थी दोस्रो भएका थिए भने ज्ञान कुन्ज स्कुलका बिधार्थी तेस्रो भएका थिए । यस कार्यक्रमको उदेश्य बालबालिका हरुको बौद्दिक स्तरमा
बृद्दि गर्नुका साथै पढ्ने बानिको बिकास गराउनु रहेको थियो ।
| कार्यक्रम सन्चालन गर्दै |
| दिप प्रज्जोलित गर्दै प्रमुख अतिथी तथा अध्यक्ष |
| प्रतियोगितामा सहभागि बिधार्थीहरु |
| नम्बर सुनाउदै स्कोरर |
| समुह छलफल गर्दै बिधार्थीहरु |
| समुह छलफल गर्दै बिधार्थीहरु |
| तेस्रो हुने बिधार्थीहरु |
| दोस्रो हुने बिधार्थीहरु |
| प्रथम हुने बिधार्थीहरु |
No comments:
Post a Comment