Saturday, September 10, 2016

साहित्यिक कार्यक्रम

कार्यक्रमको ब्यानर


        जहदा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले आज मिति २०७३/५/२५ गतेका दिन लाईब्रेरी भवन मै गजलकार तथा हाईकु कवि श्री खगेन्द्र बस्याल ज्यूको एकल हाईकुहरु बाचन कार्यक्रम पुस्तकालय अध्यक्ष श्री सुरज के.सी. ज्युको अध्यक्षता तथा बुटवल बहुमुखी क्यामपसका प्राचार्य श्री ऋषिराम भुसालको प्रमुख आतिथ्यतामा दिप प्रज्योलित गरेर कार्यक्रम सम्पन्न गरेको छ ।


गजलकार एव‌ं हाकुई कवि श्री खगेन्द्र बस्याल ज्यू
                                                                                            सोहि कार्यक्रममा बरिष्ठ सिने कलाकार श्री टिका पाहारी, मुक्तक बिधामा प्रथम बिधावारिधी श्री डा. मुरारी पराजुली, जहदा गा.बी.स. सचिव श्री गणेश कु. पौडेल, सगरमाथा आरोहण गर्ने प्रथम कर्मचारी श्री तुलसीराम भण्डारी, बुटवल ग्लोरियम कलेजका प्राध्यापक श्री प्रेम बस्याल,रेडियो नमस्ते बुटवलका सम्पादक श्री मुक्तिनाथ गैह्रे ज्यूहरु जस्ता अन्य थुप्रै अतिथिहरुको उपश्थितिमा कार्यक्रम सन्चालन भएको थियो । कार्यक्रममा पुस्तकालय सचिव श्री गोपाल सिह‌ं आले ज्यूले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम दिपक बराल ज्यूले सन्चालन गर्नु भएको थियो । एकल हाईकु कबि वाचन कार्यक्रम भएता पनि अन्य ईच्छा हुने सहभागि तथा अतिथीहरुले पनि हाईकु तथा कबिता वाचन गर्नु भएको थियो । उक्त कार्यक्रममा  ६६ जना को सहभागिता रहेको थियो ।


प्रमुख अतिथि द्वारा दिप प्रज्जोलित हुदै ..
कार्यक्रममा बोल्दै पुस्तकालय अध्यक्ष श्री सुरज के.सी
कार्यक्रममा बोल्दै बुटवल बहुमुखी क्यामपसका प्राचार्य श्री ऋषिराम भुसाल



कविता वाचन गर्दै बालिका

सगरमाथा आरोहण गर्ने प्रथम कर्मचारी श्री तुलसीराम भण्डारी आफ्नो अनुभव सुनाउदै..



बरिष्ठ सिने कलाकार श्री टिका पाहारी ज्यू

कार्यक्रम सन्चालन गर्दै दिपक बराल ज्यू,
स्वागत मन्तब्य राख्दै पुस्तकालय सचिब गोपाल सिहं आले ज्यु

कार्यक्रममा सहभागि




No comments:

Post a Comment